मेरो गल्ती देखाएर न्याय आज उनकै भयो ।
हिरा भन्दा धेरै मोल आज यहाँ सूनकै भयो ।
बिम्ब–बिम्ब मिलाएर जति मिठो लेखे पनि
प्राण भर्ने गजलमा कामचै आज धुनकै भयो ।
एक्लो सूर्य पुरा दिन साथ दिने कोही छैनन्
हरेक रातमा रमाउदै तारा साथी जूनकै भयो ।
आमाले नैं दुःख गरि हुर्काएको सन्तान पनि
बैमानीको फैसलाले आखिर जित खुनकै भयो ।
पापिनीले बचन तोड्दा घाइते मुटु समाएर
हजार बैगुन बिर्सेपनि एउटै याद गुनकै भयो ।
वि.सं.२०७७ वैशाख २० शनिवार १०:१२ मा प्रकाशित