२५ वैशाख, काठमाडौँ । प्रदेश नं ५ रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरले कृािष क्षेत्रमा प्रयोग हुने ट्रयाक्टरको भाडा दर तोकेको छ ।
सैनामैना नगरक्षेत्रभित्र रहेका कृषि योग्य जमिनमा कृषि उपजको उत्पादन बढाउने उद्देश्यले कृषि यान्त्रिकरण अन्तर्गत ट्रयाक्टरको भाडादरमा एकरुपता ल्याउने उद्देश्यले भाडादर कायम गरिएको बताइएको छ ।
जसअनुसार कल्टिभेटरको प्रतिघण्टा रु. १२५०, रोडाभेटरको रु. १८०० र थ्रेसर रु. १८०० भाडादर कायम गरिएको छ ।
यदि कसैले यो भन्दा बढी भाडा लिएमा सो को जानकारी सैनामैना नगरपालिका वा नगरपालिकाको कृषि विकास शाखालाई खबर गर्न भनिएको छ ।
सैनमैना नगरपालिका अन्तर्गत गठित सैनामैना ट्रयाक्टर व्यवसायी समन्वय समितिको सिफारिस तथा नगरपालिकाको बैठकको निर्णय अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट उत्पन्न हुन सक्ने खाद्य संकटलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको नगरपालिकाद्वारा सूचनामा जनाइएको छ ।
वि.सं.२०७७ वैशाख २५ बिहीवार १८:०८ मा प्रकाशित