back

भारत जान लागेकालाई रोक्दा प्रहरी निरीक्षकसहित तीनजना प्रहरीमाथि कुटपिट

वि.सं.२०७७ वैशाख २५ बिहीवार

348 

shares
NTC AD

२५ बैशाख, धम्बोजी । बर्दिया जिल्लामा भारततर्फ जान लागेकाहरुलाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना प्रहरीमाथि आक्रमण भएको छ ।

गुलरिया–१० रत्नापुर नजीकै चार जनाको समूहमा रहेका व्यक्तिले सीमामा तैनाथ दुई प्रहरीलाई कुटपिट गर्न थालेपछि सशस्त्र प्रहरी निरीक्षक डिल्लीराम चौधरी त्यहाँ पुग्नुभएको थियो । उनीहरूले चौधरीको बर्दीको पोशाकसमेत च्यातिदिएका छन् । कुटपिट गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका वीरेन्द्र मल्लाह, रामचन्द्र मल्लाह, राजकुमार मल्लाह र इन्द्र मल्लाह रहेको सशस्त्र प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

सामान्य विवाद भएको भन्दै पक्राउ परेकाहरुलाई वडाध्यक्ष वीरेन्द्र चौधरीले पछि बुझाउने कागज गरी छुटाएको प्रहरीले जनाएको छ । भारतबाट सामान खरीद गरी नेपाल भित्राउने उद्देश्यले उनीहरू सीमावर्ती बजार जान लागेका कारण प्रहरीले रोक्न खोज्दा कुटपिट भएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले बताए । रासस

वि.सं.२०७७ वैशाख २५ बिहीवार २१:३४ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...