२६ बैशख, बैशाख । चीनबाट महामारीका रुपमा सुरु भएको कोरोना भाइरस (कोभिड -१९) र उसैसँग सीमा जोडिएको भियतनामले यसको संक्रमणबाट जोगिनका लागि के गर्यो र त्यस्तो जो यतिबेला संसारकै उदाहरणीय देश बनेको छ ।
संसारका धेरै देशमा उच्च रुपमा मानविय क्षति तथा अत्यधिकरुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस कोभिडले भियतनाम र भियतनामी जनतामा भने कब्जा जमाउन सकेको छैन ।
झण्डै ९ करोड ७० लाख जनसंख्या रहेको भियतनाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८८ मात्रै रहेको छ भने अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन ।
भियतनामले सुरुमा एकातिर कोरोना भाइरसविरुद्ध आफ्ना नागरिकलाई सचेत गरायो भने अर्कोतिर कोरोनाको महामारीविरुद्ध लड्नका लागि युद्धस्तरमा तयारी गर्यो । अहिले भियतनाममा लकडाउन हटाइएको र स्कुल लगायतका क्षेत्रहरु खोल्न दिइएको छ ।
कोरोना महामारी रोक्न के गर्यो र त्यस्तो जो उदाहरणीय बन्यो ?
जनवरीको अन्तिममा भियतनाममा कोरोना संक्रमणको पहिलो केश देखिएको थियो । त्यसपछि उसले चीनसँगको आफ्ना सीमा बन्द गरिदियो ।साथै सबै प्रमुख एयरपोर्टमा अन्य देशबाट आउने प्रत्येक यात्रुको थर्मल स्क्रिनिङको व्यवस्था गर्यो । यस्तो गर्दा त्यहाँको सरकारले कोरोना संक्रमण देखिएकाहरु विदेशबाट आएका मात्रै पाएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्देशन दियो ।
सरकारले त्यहाँका होटलहरु बुक गरेर क्वारेन्टिन बनायो । मार्चको अन्तिम सातातिर भियतनामले सबै विदेशीलाई आफ्नो देश आउन रोक लगायो । साथै भियतनामी मुलका विदेशी र भियतनामी नागरिकका परिवारका सदस्यलाई समेत देश आउन रोक लगाइदियो ।
कन्ट्रयाक ट्रेसिङ तिब्र
भियतनामले कोरोना संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा राखिदियो र संक्रमतिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङलाई तिब्र बनाएर उनीहरु सबैमा कोरोना टेष्ट गरिदियो । यतिमात्र नभई भियतनामले कम मूल्यमा आफ्नै देशमा कोरोना टेस्टिङ किट समेत उत्पादन गर्नमा सफल भयो ।
समाजलाई जागरुक बनायो
भियतनाम सरकारले कोरोना भाइरसका विरुद्ध जनताहरुलाई जागरुक गराउन देशव्यापी अभियान चलायो । यस अभियानमा स–साना भिडियो र पोस्टरहरुको प्रयोग गरेर मानिसहरुलाई कोरोना भाइरसबाट बच्ने उपाय व्यापक रुपमा सिकायो । साथै प्रधानमन्त्री ग्युयन जुआन फुकले जनतालाई लामो समयसम्म महामारीसँग लड्नका लागि तयार हुन अपिल समेत गरे । त्यसैगरी भियतनाम सरकारले स्थानीयहरुलाई आफ्ना छिमेकमा नजर राख्न पनि अपिल गर्यो ।
अन्य देशले जस्तै भियतनामले पनि कोरोना महामारीका कारण आर्थिक रुपमा ठूलो क्षति व्यहोर्नु पर्यो । अर्थ व्यवस्था प्रभावित भयो । कयौं कारोबार बन्द भयो । सरकारी स्वामित्वको भियतनाम एयरलाईन्सले अमेरिका, युरोपियन युनियन र पूर्वि एसियाका रुटमा उडान रद्ध गर्नु पर्दा करोडौ डलर घाटा समेत व्यर्होनु पर्यो ।
हाल भियतनामले राजधानी हनोई र दर्जन ठूला शहरमा लगाइएको लकडाउन हटाइसकेको छ । तर तीन जिल्लालाई अहिले पनि पूर्णरुपमा लकडाउन गरेको छ । यी तीन जिल्लामा झण्डै साढे चारलाख मानिसहरु रहेको बताइएको छ । यी जिल्लाको सुरक्षा स्थानीय सेनाले गरिरहेका छन् भने यहाँबाट कोही पनि बाहिर जान नपाइएको बताइएको छ ।
भियतनामका प्रधानमन्त्री ग्युयन भन्छन् ‘कोरोना भाइरसको महामारीबाट देश बचाउनका लागि राजनीतिक ईच्छाशक्ति बाहेक संगठित शासन व्यवस्था र आज्ञाकारी जनता हुनुपर्दछ ।’ बीबीसी
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १४:०५ मा प्रकाशित