भारत । महाराष्ट्र राज्य पुणे जिल्ला निगडी एरियाका व्यापारी तथा समाजसेवी बाबुलाल चौधरीले चाकण तथा मोसी एरियाका कोरोना भाइरस कोभिड १९ का कारण अलपत्र प्रवासी नेपालीका परिवारका २५ जनालाई खाद्यान्न मरमसला लगायतका राहत सामाग्री उपलब्ध गराएका छन् ।
यसअघि पनि समाजसेवी व्यापारी बाबुलाल चौधरी र उद्योगपति तथा समाजसेवी विलास सेठ चौधरीहरुले पुणे जिल्लाको विभिन्न स्थानमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको अछाम जिल्ला हाल पुणे निगडीलाई कर्मथलो बनाएका समाजसेवी जयप्रकाश जोशीले बताएको पुना नगर समितिका अग्रज मुकेश कुँवरले सुनाए ।
प्रवासी नेपाली संघ भारत पुना नगर समितिले अप्ठ्यारोमा सहयोग गर्ने व्यापारी, उद्योगपति तथा समाजसेवी सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरेको कुँवरले बताए ।
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १४:५१ मा प्रकाशित