back

पाँच मुक्तक

वि.सं.२०७७ वैशाख २७ शनिवार

342 

shares
NTC AD

( १ )
सक्छौ भने चारैतिर ज्ञानको ज्योति बालेर देखाऊ
सुनलाई होइन फलामलाई आगोमा गालेर देखाऊ
किन समाजको अघि ठूला कुरा गर्दै हिड्न खोज्छौ
जन्म दिने बाआमालाई आफ्नै घरमा पालेर देखाऊ ।
( २ )

केटाकेटीहरू आफ्नै तालमा खेल्दा रहेछन् गिरहरू
उमेर बढ्दै जाँदा हरेक मान्छेको हुँदा रहेछन् पिरहरू
चाहे त्यो संसारकै शक्तिशाली शासक नै किन नहोस्
गल्ती हुँदा सबैको अगाडि झुकाउँदा रहेछन् शिरहरू
( ३ )
अहिलेको मान्छेलाई केही भन्नै हुन्न रिसाई हाल्छ्न
अन्नमा घुन देख्यो कि मिलमा लगी पिसाई हाल्छ्न
मान्छेमा लोभ लालचको पनि एउटा सीमा हुन्छ नि
व्यापारीले ढुङ्गाको टुक्रा देख्नै हुन्न मिसाई हाल्छ्न ।
( ४ )
आधी जीवन घाँसको भारीसँगै खोला तर्दा तर्दै बित्यो
गाउँघरमा पानीको ठूलो अभाव गाग्रो भर्दा भर्दै बित्यो
बेलैमा सुगमतिर बसाइँ सर्न जानिएन पश्चाताप लाग्छ
मुखियाको ठूलो हैकम के गर्नु चाकरी गर्दा गर्दै बित्यो
( ५ )
एउटाको कमाईमा अर्कै रमायो र म बेहाल भए
प्रेयसीमाथि कसैले हक जमायो र म बेहाल भए
यो संसारमा मरुँ कि बाँचु अन्योलमा परेको छु
निष्ठुरीले पराईको हात समायो र म बेहाल भए ।

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:३४ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...