आज थप १ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

२८ बैशाख, काठमाण्डौं । आज (आइतबार) थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरको भुल्केका ४३ वर्षीया महिलामा संक्रमण भएको पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।