back

अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै संसदमा अर्को संकल्प प्रस्ताव दर्ता

वि.सं.२०७७ वैशाख २८ आइतवार

288 

shares
NTC AD

२८ वैशाख, काठमाडौँ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो पार्दै मानसरोबार जाने बाटो उद्घाटन गरेपछि भारतविरुद्ध जनमत बढीरहेको बेला संघीय संसद प्रतिनिधिसभामा सत्तारुढ दलकै ६ सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

भारतले अतिक्रमण गरेको नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई फिर्ता ल्याएर त्यहाँ नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति गराउन भन्दै सत्तारुढ नेकपाका सांसदहरूले संकल्प प्रस्ताव दर्ता गराएका छन्  ।

यसअघि यहि विषयमा सत्तारुढ दलकै सांसद खगराज अधिकारीले दर्ता गराएको संकल्प प्रस्ताव कार्यसूचीमा चढेर पनि छलफलमा जान नसकिरहेको बेला आइतबार फेरि नेकपाकै सांसदहरूले फेरि अर्को संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

नेकपाका सांसदहरू गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको ऐतिहासिक प्रमाण, तथ्यहरू, विभिन्न समायमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरूले प्रमाणित गरेको संकल्प प्रस्तावमा उल्लेख छ ।

कुनै पनि देशको सीमा निर्धारण गर्ने प्रमाणिक र वैज्ञानिक आधारहरुका रुपमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र पूरक सम्झौताहरूले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालकै भएको स्पष्ट भएको संकल्प प्रस्तावमा भनिएको छ ।

नदीको उद्गम स्थल, जलाधारको बहाव र त्यसले ओगटेको क्षेत्र तथा पानी ढलोलाई अन्तर्राष्ट्रिय सीमा निर्धारणको आधार मानिने र सो आधारमा पनि भारतले नेपाली भूमि अतिक्रमण गरेको पुष्टि भएको उनीहरूको दाबी छ ।

‘सबै आधारहरूले सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटीयांदी नै महाकाली नदी भएकोले सो पूर्वको करिब ४०० वर्गकिमी नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक तथा प्रशासनिक नियन्त्रणमा राखेकोले उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउनका लागि संकल्प प्रस्ताव पेश गर्दछौँ, संकल्प प्रस्तावमा भनिएको छ ।

वि.सं.२०७७ वैशाख २८ आइतवार १८:४५ मा प्रकाशित

ADBL AD
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर...

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

बरहथवा (सर्लाही) । जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक...

फोहरबाट आम्दानी गर्दै अस्पताल

फोहरबाट आम्दानी गर्दै अस्पताल

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट...

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले, संयुक्त राज्य अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण...

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा (सुनसरी) । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-९ बबियाकी कुमारी खत्वेको...

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको...