२८ बैशाख, जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको क्षेत्रिय समिति कान्साईले कोरोनाका कारण समस्या परेमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
जापान सरकारले आपतकालिन समय अवधि लम्ब्याएसँगै कोभिड १९ का कारण कान्साईवासी नेपालीहरुको जीवनयापनमा कठिनाई पर्नसक्ने सम्भावनालाई मध्येनजर गर्दै एनआरएनए कान्साईको नेतृत्वमा कान्साईमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि रहेको ‘कोेभिड-१९ परामर्श समिति’ गठन गरिएको छ ।
‘कोभिड १९ का कारण कोही पनि समस्यामा पर्नु भएका कान्साईवासी नेपालीहरुलाई आफ्नो समस्या निसंकोच यस समितिलाई जानकारी गराउन हार्दिक अनुरोध तथा अपिल गर्दैछौं ।’ समितिद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७७ वैशाख २९ सोमवार १०:४६ मा प्रकाशित