२ जेठ, काठमाडौँ । अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रोकिएका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय गरिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको आजको बैठकले सो निर्णय गरेको हो ।
स्वास्थ्यकर्मीहरुसँग सिंहदरबारमा बसेको समितिको बैठकले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई आवश्यकीय जाँच प्रक्रिया र अध्यागमन प्रक्रिया पुरा गरी चाटर्ड फ्लाइटमार्फत पठाउने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् ।
वि.सं.२०७७ जेठ २ शुक्रवार १७:०८ मा प्रकाशित