back

कोरोना अपडेट: ८७ हजारमा परीक्षण,२५८ जना संक्रमित, आइसोलेशनमा २६७ र रेडजोनमा ३६३ जना

वि.सं.२०७७ जेठ २ शुक्रवार

324 

shares
NTC AD

२ जेठ, काठमाण्डौं । नेपालमा सोमबार (जेठ २ सम्म) ८६ हजार ९९९ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा २००८ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट २३ हजार ९१४ र आरडिटी प्रविधिबाट ६३ हजार ८५ जनामा परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट १,२५० र र्यापिड प्रविधिबाट ७५८ नमुना परीक्षण गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ८,९३३ प्रदेश नं २ मा ५,९८२, बाग्मती प्रदेशमा ९,६७८, गण्डकी प्रदेशमा ६,८६२, प्रदेश नं ५ मा ७,३०३, कर्णाली प्रदेशमा ७,९७१ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३५७ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १५ हजार ६८३ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ८८५, प्रदेश नं २ मा २,०५१, बाग्मती प्रदेशमा ११७, गण्डकी प्रदेशमा ३०७, प्रदेश नं ५ मा ८,३२५ कर्णाली प्रदेशमा १,०८२ र सुदूरपश्चिम प्रदेशमा २,९१६ जना रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार (जेठ २ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेशनमा २६७ जना रहेका छन् । जसमा उपत्यकामा २७ जना र बाहिरका अस्पतालमा २४० जना रहेका छन् । उनीहरुमा प्रदेश १ मा २२, प्रदेश २ मा १०२, बाग्मती प्रदेशमा ३४ र गण्डकी प्रदेशमा १ र प्रदेश नम्बर ५ मा १०८ जना रहेका छन् ।
त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएका छन् । रेडजोनमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

कुन प्रदेशमा कति संक्रमित
हालसम्म संक्रमित भएकामध्ये प्रदेश १ मा ३५, प्रदेश २ मा १००, बाग्मती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३ प्रदेश ५ मा १०२ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

आज थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमतिको संख्या २५८ पुग्यो

संक्रमितको संख्या २५८ पुग्यो
नेपालमा आज बिहान थप नौ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको हो । उनीहरुमा २१० जना पुरुष र४८ जना महिला रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भेरी अस्पताल, नेपालगन्जमा गरिएको नमुना परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण देखिएकामा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८,२०,२२,२५,२५,२७,३२,३६ वर्षीय पुरुष रहेका छन् । उनीहरुमध्ये बाँकेका ८ जना भारतबाट आएका थिए ।

निको हुनेको संख्या ३६ पुग्यो
नेपालमा आज (जेठ २) सम्म संक्रमित भएकाको संख्या २५८ पुगेको छ । ती मध्ये निको हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज डिस्चार्ज भएका १ जनासँगै निको हुनेको संख्या ३६ पुगेको हो ।

आजमात्रै कोशी अन्चल अस्पतालमा उपचाररत भोजपुरका उदयपुरका २५ वर्षीय युवा २७ दिनमा निको भएर घर फर्किएका छन् ।

नेपालमा ८५ हजारमा कोरोना परीक्षण, संक्रमितको संख्या २४६ पुग्यो, आइसोलेनसमा २७२ जना

वि.सं.२०७७ जेठ २ शुक्रवार १७:३० मा प्रकाशित

ADBL AD
मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–४ डबलगैरामा मिनीबस दुर्घटना हुँदा एक...

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

अमेरिकाको कोलोराडोको सुन खानीमा कम्तीमा १० व्यक्ति फसे, ११ जनाको उद्धार

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा...

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

गण्डकी । दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै...

दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि...

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना...

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका...