२ जेठ, कैलाली । नेपाली कांग्रेसका नेता तथा पुर्व संबिधान सभा सदस्य राजीबबिक्रम शाहले १ करोडको स्वास्थ्य सामाग्रीहरू कर्णाली प्रदेशलाई उपलब्ध गराउने घोषणा गरेका छन्।
उनले कोरोना विरूद्धको लडाईमा कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई भेन्टिलेटरसहित रू ७० लाख र यस प्रदेशका अन्य १० जिल्लामा रू ३ लाखको दरले रू ३० लाख गरी जम्मा रू १ करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।
वि.सं.२०७७ जेठ २ शुक्रवार १७:४९ मा प्रकाशित