बिदेशमा रहेका नेपालीहरू नेपाल फर्किने र फर्काउने माग र आह्वान गरि रहेको सन्दर्भमा यी तल उल्लेखित काम र योजना सँगसँगै लान सके नेपाल एकदशक भित्रै निकै उन्नत र प्रगतिको दिशातिर गइरहेको लक्षण र आधार पक्कै बन्ने छन् ।
यसको लागि खालीरहेका पहाड-हिमाल-तराइ-मधेशका जमिनहरूमा ठूला ठूला कृषि फार्म, पशुपालन, फलफूल उत्पादनका काममा लगाउनु अनिवार्य हुन्छ । हिमाल र पहाडमा ठाउ–ठाउमा ताल र बाँध बनाएर खोला झरनाका पानी जम्मा गर्न र पहाड र हिमालमा प्रयोग गर्ने गरी आधारहरू निर्माणहरू गरिनु पर्छ । तराइ र मधेशमा वस्ति, भूमि र बजारको सुरक्षा हुनेगरी ठूला–ठूला नहर र तालहरू बनाउनु पर्छ । ठूला खोलाहरू बस्तिमा नपसुन अनि जमिन बस्ति नबगाउन भनेर कुनै अनावस्यक पहाड काटेर त्यो पहाडको माटो र ढुंगा प्रयोग गरेर पर्खालहरू बनाउनु पर्छ । यसको लागि ढुंगा माटो ओसार्न रेलको प्रयोग गर्न सक्छौ ।
बर्षा र बाढी आएको बेला ती ठूला-ठूला पोखरीमा पानी जम्ने गरी नहर बनाऔ । सुख्खा र आवस्यक परेको बेला प्रयोग हुने गरी ती तालका पानी सिंचाई, खानेपानी, सरसफाइ, माछापालन र पशुपालनमा प्रयोग गरौ । ठाउँ–ठाउँमा औघोगिक क्षेत्र निर्माण गरौ । ठाउँ–ठाउँमा नयाँ–नयाँ योजनावद्द बस्ति, बजार र शहरहरू बनाऔं । देशैभरी बाटो, रेलमार्ग, रोपवे, एयरपोर्ट बनाऔ । यो उत्पादन, निर्माण र आधारभुत कुराको लागि नेपालभित्रका बेरोजगार र बाहिरबाट नेपाल आउन चाहने जनशक्तिहरूलाइ माथि उल्लेखित काम र निर्माणहरूमा लगाउन सकिन्छ ।
भारत लगायत अरबतिर रोजगारी गर्न जाने क्रम रोकौ । नेपालबाट भारतमा जाने झण्डै पाँच खरब रेमिटेन्स देशमै रोकौं । यसका लागि भारत र अरबतिर हुने तलब र सुविधा नेपालमै दिने व्यवस्था र अवस्था सिर्जना गरौं । सकिन्छ भने आकर्षण गर्ने र नेपालमै जनशक्ति राख्ने हो भने विदेशमा भन्दा बढी हुने गरी तलब र सुविधाको व्यवस्था स्वदेशमै गरौं ।
त्यस्तै भारतबाट नेपालमा काम गर्न आउने श्रमिकहरु रोकौ । भारतसँग हुने बिहेवारी रोकौ । नेपालको सिमानामा हुने समस्या र झै– झगडा सधैको लागि वन्द हुनेगरी काँडेतार या पर्खाल लगाऔं । चोरी लुकी हुने आवतजावत रोकौ । नेपाली नेपालीबीच तराइ–मधेशका जनता र पहाड–हिमालका जनता बिच बिहेवारी गर्ने चलन बसालौं ।
आजको राज्य, सरकार, दल, बुद्धिजीवी, संञ्चारकर्मी, कलाकार, लेखक सबैले यस्तो सचेतना र आवश्यकताको प्रचार–प्रसार गरौ । बाहिर गएको र रहेको जनशक्तिलाइ सुरक्षित र भविस्यपरक व्यवस्थापन गर्नेगरी मात्र नेपाल भित्राउने काम गरौ । होइन भने, नेपाल अर्को ठूलो समस्यामा पर्न सक्छ । आवस्यक आम्दानी हुने र सुविधाजनक बसाइ हुने बन्दोबस्त गर्ने उद्धेश्य, योजना र कार्यक्रमसहित र ती निर्माण र उत्पादनमा ती जनशक्ति प्रयोग गर्न र गराउन नेपालको जनशक्ति नेपालमै रहने र भित्राउने गरी कामगर्न जरूरी छ । ती जनशक्तिलाई उत्पादन र निर्माणमा लगाउनु पर्छ ।
बाहिर रहेका जनशक्ति नेपाल फर्कने र फर्काउने नाममा यसले अर्को चुनौती र समस्या देश तथा समाजले देख्न र भोग्न नपरोस् । यसमा ध्यान दिनु जरूरी छ । श्रम र श्रमिकलाइ सानो ठान्ने र हेला गर्ने मानसिकता र व्यवहार बदल्नु जरुरी छ । आफ्नो देशमा सानो काम नगर्ने विदेशमा जे पनि गर्ने मानसिकता हटाएर आफ्नै देशमा सबै खाले सानो–ठूलो काम गर्ने अभियान चलाउनु पर्छ । यसको लागि श्रम र कामको सम्मान गर्दै एउटा कामबाट मानिस र परिवारको जायज आवस्यकता पुग्ने ज्याला, तलब, सुविधा र औषधी उपचारको व्यवस्था गरिनु पर्दछ ।
शिक्षा बिधालयस्तर सम्म निःशुल्क र अनिवार्य हुनुपर्छ । बालश्रम पूर्ण बन्देज र प्रत्येक बाल वालिकाले पढ्नैपर्ने आधार बनाइ दिनुपर्छ । प्रत्येक काम र आम्दानी कर भित्र पारिनु पर्छ र माहामारी र बेरोजगार हुँदा राज्यले आवस्यक सहयोग हुने व्यवस्था बनाउनु पर्छ ।
के देश र नेतृत्वहरूले यस्तो सोचेको र गर्न खोजिरहेको छ ? या जे पर्छ पर्छ भनेर हिजोको जस्तै नीति र प्रवृत्ति हावी भैरहन्छ ? यसले त न कुनै देश सम्वृद बन्छ न कुनै समाज शान्त बन्छ मात्र उथलपुथल र अस्थिरताको आधार मात्र जीवित भइरहन्छ । अस्तव्यस्त बनि रहन्छ । भष्ट्रचार र व्यभिचार बढी रहन्छ । प्रत्येक व्यवस्थामाथि समस्या आइरहन्छ ।
वि.सं.२०७७ जेठ २ शुक्रवार १९:०० मा प्रकाशित