back

लघुकथाः दोधार

वि.सं.२०७७ जेठ ३ शनिवार

312 

shares
NTC AD

म एक शिक्षक, सामाजिक शिक्षा पढाउछु । अहिले सम्म जे पढें र सरकारले आधिकारिक रुपमा जारी गरेको नेपालको नक्सा अनुसार नै मैले मेरा बिद्धार्थीहरूलाई पढाउने र सिकाउने काम गरें । जब परीक्षा हुन्थ्यो, मैले सिकाए अनुसार लेख्नेले राम्रै अंक पाएर पास भए । आज उनिहरू कोही डाक्टर, कोही इन्जिनियर, कोही पाइलट, कोही प्रशासक र कोही राजनीतिज्ञ भएका छन् ।

मैले अहिले सम्म पढाएको नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा छैन् । मैले पनि बल्ल यो कुरा बुझ्दैछु । भर्खरै सम्पन्न कक्षा ८ को सामाजिक शिक्षाको जिल्लास्तरिय परीक्षामा ‘नेपालको नक्सा बनाउ र निम्न स्थानहरू भर’ मन्ने प्रश्न सोधिएको रहेछ ।

उत्तरपुस्तिकाहरू परीक्षण गर्दै गएं । मैले जे सिकाएको थिएं, धेरैले ठ्याक्कै त्यस्तै नक्सा बनाएका थिए । उनिहरूलाई राम्रै अंक दिएं । एक जना ‘देशभक्त’ नाउँ गरेको विद्यार्थीले भने कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समेटेर चुच्चो निस्किएको नेपालको नक्सा बनाएको रहेछ ।

त्यो नक्सा देखेर मेरो मुटु चसक्क चस्कियो । उसको उत्तर ठिक कि बेठिक ? म आफै निरुत्तर भएँ । अझ यही प्रश्नको उत्तरमा उसले पाउने अंकले ऊ आफ्नो कक्षामा प्रथम हुने वा नहुने कुराको फैसला गर्दै थियो । पच्चिसौं वर्षको अध्यापनमा मैले यस्तो असहजता कहिल्यै ब्यहोर्नु परेको थिएन । अझै पनि शिक्षक हुन नसकेको आभास भयो । यो कस्तो दोधार …???

वि.सं.२०७७ जेठ ३ शनिवार ०९:४९ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...