३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले भारतीय सेना प्रमुखको भनाइ सच्याउन चेतावनी दिएका छन् ।
Indian Army Chief M M Naravane’s statement on Nepal’s Stand on Limpiadhura,lipulek&Kalapani territory and India built Dharchula-Lipulek road is highy objectionable.Nepal always stands on its own as a Sovereign&Independent country. So he should correct it.
— NKShresthaPrakash (@nksthaprakash) May 16, 2020
सामाजिक सञ्जालमा टिव्ट गर्दै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपाल भूभागका विषयमा भारतीय सेनासँग एमएम नारभानेको वक्तव्यलाई आपत्तिजनक भनेका छन् ।
उनले एउटा सार्वभौम र स्वतत्र देशको विषयमा असाध्यै आपत्तिजनक बोलेको भन्दै उनले सच्याउन चेतावनी दिएका छन् । चीनको नाम नलिइकन ‘कसैको उक्साहट’ मा नेपालले भारतीय भूमि दाबी गरेको भन्ने सेना प्रमुखको टिप्पणीलाई कडा शब्दमा चेतावनी दिने उनी सचिवालय स्तरका पहिलो नेता हुन् ।
टिव्टमार्फत नेपालले आफ्नो भूमिका लागि लडेका वीर गोर्खालीहरुको स्मरण गराउँदै आफ्नो भूभाग लिइ छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
वि.सं.२०७७ जेठ ३ शनिवार १६:५९ मा प्रकाशित