back

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे भन्छन्-सर्जरी तथा प्रशव गराउनुपुर्व अनिवार्य पिसीआर टेष्ट गरौं

वि.सं.२०७७ जेठ ४ आइतवार

492 

shares

४ जेठ, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले पछिल्लो समय नेपालमा बढ्दै गएको कोरोना संक्रमण र एक व्यक्तिको मृत्यु भइसकेको अवस्थामा सबैले अझ सर्तकता अपनाउनु पर्ने बताउँछन् ।

नेपालमा कोरोना संक्रमणबाट पहिलो व्यक्ति, शनिबार सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि त्यसले नेपाली समाजमा विभिन्न प्रकारका प्रश्नहरु उब्जाएका छन् । यसै विषयमा डा. पाण्डेले विशेष गरेर शल्यक्रिया र प्रसुति गराउने विरामीलाई अनिवार्य पिसीआर टेष्ट गरेर कार्य अगाडि बढाउनुपर्ने बताउँछन् ।

‘हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ । सर्जरी गर्ने तथा प्रसव गराउने जस्ता बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको छ । यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन ।’ डा. पाण्डेले भनेका छन् ।

डा. पाण्डे भन्छन्
‘कोभिड १९ बाट मृत्यु भएको सिन्धुपाल्चोककी महिला टोखामा बस्थिन् । प्रसव गराउन उनी बैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन् । २४ गते सामान्य अबस्थामा डिस्चार्ज भएकी उनी २५ गते बाह्रबिसे गएकी थिइन् । त्यहाँ उनी बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन् । उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याइयो । त्यसको आधाघन्टामा उनको उपचारको क्रममा मृत्यु भयो ।

यो घटनाबाट के अनुमान गर्न सकिन्छ भने
.१. उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ । शिक्षण अस्पतालबाट सरेको भए सरेको ८–१० दिनमै मृत्यु हुने थिएन । सेप्टीसेमियाबाट मृत्यु भएको भए पिसिआर पोजिटिभ देखिने थिएन । सामान्यतया संक्रमण भएको ३–६ हप्तामा मृत्यु हुन्छ । उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहिन कोरोना संक्रमण भएको हुनसक्छ ।

२. कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुती गराउने बिरामीलाई पिसिआर परिक्षण गरेको भए उनलाई प्रसव गराएर आइसीयुमा राख्ने अवसर मिल्थ्यो ।

३. गर्भवती तथा सुत्केरीलाई जोखिम बर्ग मानिन्छ । यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो ।

४. हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ । सर्जरी गर्ने तथा प्रसव गराउने जस्ता बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको छ । यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन ।

५. अस्पतालबाट संक्रमण सर्ने सम्भावना अध्ययन गर्नु र तदनुसार हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ ।

.मृतक बहिनीप्रति हार्दिक श्रद्धान्जलि तथा शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गर्दछु ।’

यी सामान्य कुरामा ध्यान दियौं भने कोरोना संक्रमण रोक्न सकिन्छ-डा. रवीन्द्र पाण्डे

वि.सं.२०७७ जेठ ४ आइतवार १०:२९ मा प्रकाशित

GLOBAL IME AD
डेङ्गु सङ्क्रमणको उच्च जोखिममा नेपालगन्ज

डेङ्गु सङ्क्रमणको उच्च जोखिममा नेपालगन्ज

राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा...

सत्र लाख किशोरीलाई ‘एचपीभी’ खोप दिइँदै 

सत्र लाख किशोरीलाई ‘एचपीभी’ खोप दिइँदै 

काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको...

आयो ‘डिजिटल कन्डम’, कसरी प्रयोग गर्ने ?

आयो ‘डिजिटल कन्डम’, कसरी प्रयोग गर्ने ?

एजेन्सी । एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको...

चिकित्सा शिक्षा पढ्न सघाउँदै प्रदेश सरकार

चिकित्सा शिक्षा पढ्न सघाउँदै प्रदेश सरकार

  भेरीगङ्गा (सुर्खेत) । कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली...

बजारमा सिटामोल अभाव छैन : औषधि लिमिटेड

बजारमा सिटामोल अभाव छैन : औषधि लिमिटेड

काठमाडौं । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको...

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको अनुरोध

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको अनुरोध

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न...