back

क्वारेन्टाइनमा बसेका दुई महिलाको मृत्यु

वि.सं.२०७७ जेठ १३ मंगलवार

318 

shares
NTC AD

१३ जेठ, काठमाण्डौं । सप्तरी र प्युठानमा सार्वजनिक क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका दुई महिलाको मृत्यु भएको समाचार छ ।

मृत्यु हुनेमा सप्तरीमा आफ्नै घरको होम क्वारेन्टिनमा बसेकी २४ वर्षीया एक गर्भवती र प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी एक २६ वर्षीया महिलाको मृत्यु भएको समाचार छ ।

प्युठानको मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनी लामो समयदेखि भारतमा बे्रन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए । महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताइन् । परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै छ । स्वास्थ्य शाखा प्रमुख गुरुङले भनिन्, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौँ ।’

त्यसैगरी होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको पनि आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

गर्भवती महिलालाई १००.२ डिग्री ज्वरो आएपछि गत बिहीबार राजविराजस्थित डा विनिता यादवको क्लिनिकमा उपचारका लागि लगिएको थियो । चिकित्सकले पाँच दिनपछि पुनः परीक्षणका लागि बोलाएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार महिलालाई पिसाबको सङ्क्रमण (युटीआइ) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । अठार साताकी गर्भवतीलाई १० दिनदेखि ज्वरो आएको थियो । कोरोना सङ्क्रमणसित मिल्ने लक्षण देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव डम्बर महतोले जानकारी दिएका छन् ।

मृतकको स्वाब सङ्कलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्न उपयुक्त हुने महतोले बताए । मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् ।रासस

वि.सं.२०७७ जेठ १३ मंगलवार १३:४९ मा प्रकाशित

ADBL AD
दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक...

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)...

चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवनमा ३८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन...

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को भदौ महिनामा रु...

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौं । अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा...