१३ जेठ, काठमाण्डौं । नेपालमा आजमात्रै ९० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा महोत्तरी मनरा गाउँपालिका १० का ३० र ३५ वर्षे पुरुष, बारामा कार्यरत जुम्लाका ३५ र ३६ वर्षे पुरुष, वारा पचौटा नगरपालिका १ को क्वारेन्टाइनमा रहेका १९,३० र ३५ वर्षे पुरुष, रौतहट गौर नगरपालिकाका ४ देखि ४० वर्षका ८ जना । उनीहरुमा ७ पुरुष र १ महिला रहेकी छन् ।
रौतहटकै देवाही बुनाही र ढर्राही बुनाई नगरपालिका र ६ जना जो १८ देखि ४० वर्षीय पुरुष रहेका छन् । रौतहटकै करुनिया १ र ४ का २६ देखी ४८ वर्षीय ६ जना पुरुष, राजदेवी नगरपालिकाका २२ वर्षीय पुरुष र गरुडा नगरपालिकाका २४ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै सिराहा नगर नवराजपुर गाउँपालिकाका १८ वर्षीय पुरुष, सिराहा भगवानपुर गाउँपालिकाका २५ देखि २९ वर्षीय ४ पुरुष, धनुषा बेला मुखियापति गाउँपालिकाका कोभिड–१९ अस्पताल जनकपुरमा रहेका १ जना २२ वर्षीय पुरुष रहेका छन् ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके नेपालगन्ज २ का २२ वर्षीय पुरुष, रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तु मायादेवी ७ का २२ र ५० वर्षीय पुरुष, अर्घाखाँची कमला मावि पाँडिनीबाट लिइएको नमुना संकलनमा १९ र ४३ वर्षीय पुरुष, गुल्मी धुर्कोटका २ पुरुष र रुपन्देही लुम्बिनी अस्पतालका १ जना २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र अछामका २ जना पुरुष, पोखरा अस्पतालमा गरिएको परीक्षणमा स्याङजा वालिङ ७ का २० र २९ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।
सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमासुर्खेत वीरेन्द्रनगरका जना रहेका छन् । उनीहरु ९ देखि ४६ वर्ष उमेरका रहेका छन् । जसमा १ महिला र ७ पुरुष रहेका छन् ।
त्यस्तै सुर्खतकै भेरी गंगाका १६ र १७ वर्षे पुरुष, सुर्खेतकै सिमटाका ३५ र ४९ वर्षे पुरुष रहेका छन् ।
त्यस्तै बाँकेको नेपालगन्ज डडुवा २ का २१ वर्षे पुरुष, डडुवा ३ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी ३ र ९ का ४६ र ३८ वर्षे पुरुष तथा बैजनाथ ३ का ३० वर्षीय पुरुष रहेका छन् ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा अनिरुद्र माविमा गरिएको नमुना संकलनमा कपिलवस्तु यशोधरा गाउँपालिका १, २ र ८ का २४ जना रहेका छन् । उनीहरुमा २ वर्षे बालिका सहित १९ देखि ५५ वर्षका पुरुष रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका ९० सहित नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।
वि.सं.२०७७ जेठ १३ मंगलवार १७:३७ मा प्रकाशित