१३ जेठ, काठमाण्डौं । नेपालमा मंगलबार (१३ जेठसम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ५२ हजार ३९१ वटा कोरोनाको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ६,५५७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ५४ हजार ४२४ र आरडिटी प्रविधिबाट ९७ हजार ९६७ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ३,७८२ पिसीआर र २,७७५ र्यापिड परीक्षण गरिएको छ ।
प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ११,०६६ प्रदेश नं २ मा ६,५६१, बाग्मती प्रदेशमा २४,२१६ गण्डकी प्रदेशमा ७,७०१ प्रदेश नं ५ मा १६,८८०, कर्णाली प्रदेशमा १०,६१८ र सुदूरपश्चिम प्रदेशमा २०,९२५ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।
क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा ५५ हजार २८० जना रहेका छन् । जसमा प्रदेश नं १ मा १,७५८ प्रदेश नं २ मा १०,५३५ बाग्मती प्रदेशमा ९६४, गण्डकी प्रदेशमा १,५१७, प्रदेश नं ५ मा २३,५८९ , कर्णाली प्रदेशमा ५,२६६ र सुदूरपश्चिम प्रदेशमा ११,६५७ जना रहेको स्वास्थ्य मन्त्रालयले मंगलबार (जेठ १३ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
आइसोलेसन र रेडजोनमा
हालसम्म ७ प्रदेशका ४६ जिल्लाका विभिन्न अस्पतालमा ५२२ जना आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ६०, प्रदेश २ मा १९१, बाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा ५, प्रदेश नं ५ मा २६३, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । हालसम्म रेडजोन (संभावित संक्रमित) मा रहनेको संख्या ४५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएका छन् । उनीहरु नुवाकोट, काठमाण्डौं र सुनसरीका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ का ७ जिल्लाका ८६ जना, प्रदेश २ का सबै जिल्ला (८) का २६८ जना, बाग्मती प्रदेशका ११ जिल्लाका ३८ जना, गण्डकी प्रदेशका ४ जिल्लाका ७ जना, प्रदेश नं ५ का ८ जिल्लाका ३३१, कर्णाली प्रदेशका ३ जिल्लाका २५ जना र सुदूरपश्चिम प्रदेशका ५ जिल्लाका १७ जना रहेका छन् ।
आजमात्रै ९० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ७७२पुग्यो
नेपालमा आज (मंगलबार) मात्रै ९० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा महोत्तरी मनरा गाउँपालिका १० का ३० र ३५ वर्षे पुरुष, बारामा कार्यरत जुम्लाका ३५ र ३६ वर्षे पुरुष, वारा पचौटा नगरपालिका १ को क्वारेन्टाइनमा रहेका १९,३० र ३५ वर्षे पुरुष, रौतहट गौर नगरपालिकाका ४ देखि ४० वर्षका ८ जना । उनीहरुमा ७ पुरुष र १ महिला रहेकी छन् ।
रौतहटकै देवाही बुनाही र ढर्राही बुनाई नगरपालिका र ६ जना जो १८ देखि ४० वर्षीय पुरुष रहेका छन् । रौतहटकै करुनिया १ र ४ का २६ देखी ४८ वर्षीय ६ जना पुरुष, राजदेवी नगरपालिकाका २२ वर्षीय पुरुष र गरुडा नगरपालिकाका २४ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै सिराहा नगर नवराजपुर गाउँपालिकाका १८ वर्षीय पुरुष, सिराहा भगवानपुर गाउँपालिकाका २५ देखि २९ वर्षीय ४ पुरुष, धनुषा बेला मुखियापति गाउँपालिकाका कोभिड–१९ अस्पताल जनकपुरमा रहेका १ जना २२ वर्षीय पुरुष रहेका छन् ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके नेपालगन्ज २ का २२ वर्षीय पुरुष, रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तु मायादेवी ७ का २२ र ५० वर्षीय पुरुष, अर्घाखाँची कमला मावि पाँडिनीबाट लिइएको नमुना संकलनमा १९ र ४३ वर्षीय पुरुष, गुल्मी धुर्कोटका २ पुरुष र रुपन्देही लुम्बिनी अस्पतालका १ जना २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलाली र अछामका २ जना पुरुष, पोखरा अस्पतालमा गरिएको परीक्षणमा स्याङजा वालिङ ७ का २० र २९ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।
त्यस्तै सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमासुर्खेत वीरेन्द्रनगरका जना रहेका छन् ।
उनीहरु ९ देखि ४६ वर्ष उमेरका रहेका छन् । जसमा १ महिला र ७ पुरुष रहेका छन् ।
त्यस्तै सुर्खतकै भेरी गंगाका १६ र १७ वर्षे पुरुष, सुर्खेतकै सिमटाका ३५ र ४९ वर्षे पुरुष रहेका छन् ।
त्यस्तै बाँकेको नेपालगन्ज डडुवा २ का २१ वर्षे पुरुष, डडुवा ३ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी ३ र ९ का ४६ र ३८ वर्षे पुरुष तथा बैजनाथ ३ का ३० वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा अनिरुद्र माविमा गरिएको नमुना संकलनमा कपिलवस्तु यशोधरा गाउँपालिका १, २ र ८ का २४ जना रहेका छन् । उनीहरुमा २ वर्षे बालिका सहित १९ देखि ५५ वर्षका पुरुष रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका ९० सहित नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।
कुन प्रदेशमा कति निको भए त ?
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार नारायणी अस्पताल वीरगन्जबाट डिस्र्चाज भएका ४३ जना सहित नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५५ पुगेको छ ।
जसमा प्रदेश नम्बर १ का २६, प्रदेश २ का ७६, बाग्मती प्रदेशका ११ जना, गण्डकी प्रदेशका २ जना, प्रदेश ५ मा ३५ र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १५५ जना हालसम्म डिस्चार्ज भएका छन् । जसमा १२४ पुरुष र ३१ जना महिला रहेका छन् ।
संक्रमणबाट हालसम्म ४ को मृत्यु
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । नेपालमा जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य मन्त्रालयले जेठ १२ गते गरेको थियो ।
स्वास प्रश्वासमा समस्या भएर गत जेठ २ गते विरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना भएका उनको आइसीयुमा राखेर उपचार गर्ने क्रममा जेठ ४ गते मृत्यु भएको थियो । उनमा कोरोना संक्रमणको आशंकमा नारायणी अस्पतालमा गरिएको परीक्षणमा संकास्पद देखिएपछि पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । हाल उनको सम्पर्कमा रहेका सबैको कन्ट्रयाक ट्रेसिङ गरेर परीक्षणको क्रम चलिरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको थियो भने जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।
वि.सं.२०७७ जेठ १३ मंगलवार १८:४१ मा प्रकाशित