१४ जेठ, काठमाडौं । राष्ट्र बैंकले सफा नोट निति प्रचलनमा ल्याएपछि पुराना, झुत्रा, मक्किएका, कोरीएका, डढेका तथा राजाका तस्विर अंकित नोट अबदेखि प्रचलनमा नआउने भएका छन । राष्ट्र बैंकको यो निर्णयले सर्बसाधारणमा भने भ्रम सिर्जना भएको छ । कतिपय मानिसहरुले आफूसंग भएको नोट प्रचलनमा नआउने हल्लाले पिरोलेको बताएका छन भने कतिपयले बेला न कुबेला सरकारले यस्तो निर्णय गरेको भन्दै रोष प्रकट गरिरहेका छन ।
केहो त राष्ट्र बैंकको नीति
गत आईतबार राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई निर्देसन दिंदै झुत्रा भएका, मक्किएका, षडेका तथा राजाको तस्विर अंकित नोटहरु प्रचलनमा नल्याउन भनेको थियो । यसको अर्थ बैंक तथा वित्तिय संस्थाहरुले सर्बसाधारणबाट नस्विकार्ने भनेको नभएर बैंक तथा वित्तिय संस्थाहरुले आँफूसंग भएका त्यस्ता नोट प्रचलनमा नल्याउने भनेको राष्ट्र बैकका प्रवक्ता गुणाकर भट्टले बताएका छन । त्यसको अर्थ अबदेखि सर्बसाधारणसंग भएको जतिसुकै पुरानो नोट भए पनि बैंकहरुले स्विकार्छन तर उनिहरुले सर्बसाधारणलाई भने नयाँ तथा सफा नोट मात्रै दिन्छन ।
नेपालमा कागजी नोटको प्रचलन बिसं २००२ सालमा राजा त्रिभुवनले गरेको थिए । त्यतिखेर नेपाली रुपैंयाा भारतको माहाराष्ट्रमा छापिन्थ्यो । नेपालमा गणतन्त्र स्थापना भए पछि २०६४ सालबाट राजाको फोटाको ठाउँमा सगरमाथाको चित्र अंकित गर्न थालिएको थियो । नोटको सुरक्षा गर्ने भन्दै २०५९ सालमा अष्ट्रेलियामा लगेर पोलिमर नोट छापिएको थियो । त्यति हुँदा पनि नोटको सुरक्षा नभए पछि अब राष्ट्र बैंकले त्यस्ता नोटहरुलाई बैंकहरुलाई नै प्रचलमा नल्याउन लगाउने निति अख्तियार गरेको छ ।
वि.सं.२०७७ जेठ १४ बुधवार १४:०३ मा प्रकाशित