
नेपालमा शेयर कारोबार सुरु भएको तीन दशक भन्दा बढी भैसकेको छ तर पुतलिसडकबाट सुरु भएको शेयर कारोबार अहिले पनि पुतलिसडकमै सिमित छ। दुनिया कहाबाट कहाँ पुगिसक्यो टेक्नोलोजीले विश्वलाई नै एउटा सानो गाउँ जस्तै बनाइसक्दा पनि हामी शेयर किन्न २ कोठा भाडामा लिएर बसेका शेयर दलालको मा गएर लाइन लगाउनु पर्ने कहिले सम्म ?
४० रुपैया किलोको आलु प्याज गोलभेडा अन्लाईन किन्न मिल्छ यहाँ, अन्लाईनमै मन लागेको खानेकुरा अर्डर गरेर घरमै बसेर खान मिल्छ यहाँ, तर हजारौ, लाखौ रुपैयाको शेयर किन्न चै अन्लाईन नमिल्ने ?
स्थापनाको ३० बर्षसम्म नि एउटा पनि शाखा खोलेर आफ्नो ब्याबसाय बिस्तार गर्न नसक्नेर उपत्यका बहिर जान नसक्ने यी २ कोठे शेयर दलालको बाउको बिर्ता हो र यो शेयर बजार ? बैन्कलाई ब्रोकर लाइसेन्स देउ भनेर आम लगानिकर्ताले माग राख्दा यिनिहरुले बिरोध गर्ने ?
के नेप्से यिनै पुर्खेउली शेयर दलालको मुखिया हो, उनिहरुले जे भन्यो तेहि मान्नलाई ? लाखौ लगानिकर्ताले बैन्कलाई ब्रोकर लाइसेन्स देउ भन्दा नसुन्ने नेप्से दलालहरुको ठूलो दाइ भएर बस्न लाज लाग्दैन ? लगानिकर्ताले तिरेको पैसाको केही अंश त नेप्सेले पनि लिन्छ अनि तिम्रो लगानिकर्ता प्रती कुनै जाबाफदेहिता छैन ?
शेयर बजारको सर्वोच्च निकाय धितोपत्र बोर्ड आम लगानिकर्ता अन्याएमा परेको देख्दा देख्दै पनि मुखर्शक भएर बस्ने कहिले सम्म ? यहाँ नेप्सेमा सुचिकृत कम्पनीहरु र शेयर दलाल हरुले मनोमानी गरेको देखि देखि भत्ता पचाउन कालिकोट गएर शेयरको आश देखाउने । दर्जनौ कम्पनिले झुटो विवरण पेस गर्दा झुटो लाभांश घोषणा गर्दा स्पस्टिकरण सोध्न नसक्ने सेबोन कर्णाली पुगेर शेयर शिक्षा सिकाउने ?
मलाई जवाफ देउ थपलिया अनि कार्की मेरा गुल्मीमा रहेका माइला दाइ शेयर किन्न कहिलेसम्म पुतलिसडक धाउनी ?
(यो समाचार सन्तोषको फेसबुकको आवरण पृष्ठबाट साभार गरिएको हो । )
वि.सं.२०७३ पुस १० आइतवार ०९:३३ मा प्रकाशित