
१६ जेठ, काठमाडौँ । २०२० को आईपिएल विदेशी खेलाडीहरुलाई समेत समावेश गरेर अक्टुबर-नोभेम्बरमा हुने सम्भावना उच्च रहेको बिसीसीआईका सल्लाहकार प्रभतेज सिंहले बताएका छन । सल्लाहकार प्रभतेज सिंहले बिसीसीआईले आईपिएल आयोजना गर्नको लागि केसीस गरिरहेका पनि बताएका छन ।
“आईपिएल भएमा खेलाडी र टिमहरुलाई मात्र फाइदा नभएर देशलाई पनि फाइदा हुने गर्दछ । आईपिएल नभएमा देशलाई राजस्वमा निकै घाटा हुन्छ । त्यसैले बिसीसीआईले आईपिएल आयोजना गर्नेको लागि उपाय खेजिरहेको छ । आईपिएल भएमा विदेशि खेलाडीहरुले पनि भाग लिने छन । त्यसैले आईपिएल अक्टुबर-नोभम्बरमा हुने सम्भावना उच्च रहेको छ” प्रभतेज सिंह ।
कोरोना भाइरसको महामारीले गर्दा मार्च २९ बाट सुरु हुने भनिएको आईपिएल स्थगित गरिएको छ ।