-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

शुल्क तिर्न नसक्दा कोरियामा एक नेपाली युवाको शब अलपत्र



जीवन खत्री, १६ जेठ, सउल । धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गत वैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उनको टाउकामा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्रावका भएको थियो । घटनापछि तत्काल स्थानीय अस्पतालमा लगिए पनि उक्त अस्पतालमा उपचार असम्भव भएपछि तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको गत सोमबार बेलुका मृत्यु भएको हो ।

तामाङ पाँच वर्षअघि भिजिट भिसामा कोरिया आइ अवैधानिकरूपमा कोरिया बस्दै काम गर्दै आइरहेका थिए । अन्दाजी ४५ वर्षीय तामाङ अवैधानिक भएका कारण कुनै स्वास्थ्य बीमा नभएको र निजको उपचार खर्च लगभग रु एक करोड बिल आएको उनकी बहिनी कविता तामाङले जानकारीदिइन् ।

यो हप्तासम्म बाँकी रहेको बिल तिरी तामाङको मृत शरीरलाई सद्गद् गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको छ । तर उक्त रकम तिर्ने अवस्था नभएको भन्दै तामाङको बहिनी कविताले कोरियाको विभिन्न सङ्घसंस्था, व्यापारी, श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली