
१६ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रुपमा केहि प्रगतिशिल देखिएको छ । स्वास्थ्य, शिक्षा,कृषि तथा रोजगारीको बिषयमा बजेटले उल्लेख्य ध्यान दिएको छ । कोरोना भाईरसको माहामारीको करणले गर्दा आम्दानीको स्रोत घटेकोले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक बर्षमा बजेटको आकार ३.८० प्रतिशतले घटेको छ । चालु आ.ब.को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैंयाँको थियो भने आगामी आर्थिक वर्षको वजेटको आकार १४ खर्ब ७४ लाख ६४ करोड ५४ लाख रुपैंयाँको रहेको छ ।
“साधारण खर्चमा तलव, निबृत्तभरण, सामाजिक सुरक्षा कोषमा गरिने खर्च चालु आ.ब.को तुलनामा १२.६२ प्रतिशतले बढेको छ ।
बजेटको आकार घटे पनि चालु आबको तुलनामा आगामी बर्ष साधारण खर्च ०.४४ प्रतिशतले बृद्धि हुने भएको छ । चालु आ.ब.मा साधारण खर्च ८ खर्ब १७ अर्ब ८७ करोड १७ लाख छुट्याईएको थियो भने आगामी आ.ब.को लागि ८ खर्ब २१ अर्ब ४६ करोड ५१ लाख खर्च छुट्याईएको छ ।
साधारण खर्चमा तलव, निबृत्तभरण, सामाजिक सुरक्षा कोषमा गरिने खर्च चालु आ.ब.को तुलनामा १२.६२ प्रतिशतले बढेको छ । यो शिर्षकमा चालु आ.ब.मा ३ खर्ब ९२ अर्ब ९५ करोड ३१ लाख बजेट बिनियोजन गरिएको थियो भने आगामी बर्षमा यो खर्च बढेर ४ खर्ब ४२ अर्ब ५२ करोड ४६ लाख बिनियोजन गरिएको छ । यसरी हेर्दा राज्यले विकासमाभन्दा अन्यत्र तिर नै बढी ध्यान दिनु परिरहेको देखिन्छ ।
विकास खर्च तर्फ आगामी बर्ष चालु आ.ब.को तुलनामा ९.५३ प्रतिशतले कमी आएको छ । चालु आ.ब.मा ६ खर्ब ४६ अर्ब ४ करोड २१ लाख बिनियोजन भएकोमा आगामी बर्ष ५ खर्ब ८४ अर्ब ४७ करोड ७७ लाख रुपैंयाँ बिनियोजन गरिएको छ ।