-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः तिमीप्रति…



तिमी धेरै नरम भयौ
उनि धेरै कठोर भए
तिम्रो नम्रताको फाइदा उठाए
अन्तिममा तिम्रै प्रभाव सकाए ।

अब बेला भयो

तिमी पनि अल्ली अब्बल बन
उनिलाई खाली हुनदेउ मात्र नभन
आफ्नो पनि ख्याल गर
अनि अझै सबल बन ।

नत्रभने
ढिला हुनेछ तिमीलाई
उनि अघाउनेछन टन्न खाई
फेरी निदाउनेछन मस्तसँग
तिम्रै कुर्सी अनि पलङ्ग समाई ।

यदि अझै पनि
आफ्नो शान र मान बढाउन चाहन्छौ भने
अनुकुल काम गर्नुपर्छ भन्ने कुरा जान
माग अनुसारका बाजा बजाउ
आफ्नो कर्ममा रङ्ग भराउ ।

हेर
बात अझै नबुझेमा
बसिराख्नु टोलाएर
आज गर्नु ढुलुमुलु
भोलि हेर्नु टुलुटुलु ।

तिमीसित
खास त्यस्तो केही हैन
जहाँ जम्यो त्यहीँ रम्यो
जन्मैदेखि नाता रह्यो
यो मन तिम्रो उन्नतिमा खुसी हुन्छ
हाम्रो मान सम्मानले सगरमाथा शिर छुन्छ ।

सफलता पाउदा तिमीले म हाँस्छु , समाज फुल्छ
तिमीले बाटो बिराएमा म सँगै यो देश रुन्छ ।
म सँगै हाम्री आमा रुन्छिन्
आमासङ्गै सबै सन्तान रुन्छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा