
वेग हावा बागमा,
थपडी पातहरुको,
चुम्बन निर्भय फूलको ।
२.
मैदान भरिपूर्ण,
खेल फेर्ने कि खेलाडी,
अल्प बिश्लेषणको भारी ।
३.
खेल शब्दहरुको,
जेल्दै वाक्य भावनाको,
साइनो त बनेन कतै ?
४.
गाई ओरालो लाग्दा,
मृगले लखेट्छ भन्थे,
अहिले सावित भो सत्य ।
५.
पुगेन भूकम्पले
मच्चियो कोरोना पनि
हाय दैव सलह अनि ?
६.
एक्काइसौं सताब्दी,
परीक्षा विश्वमन्चको,
बिज्ञान मर्दछ रोएर ।