Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः इच्छा



निलो आकाश
अञ्जुलीमा राखी
घुटुक्क निल्दै,
कोमल पयर
निलो समुद्रमा चोपी
बुद्धका पाइतालाले
शान्तिको गीत रचूँ ।

पुर्णेको बेदागी चादनीलाई,
पिपलपाते लालीमा ओठको
छाप लगाई,
प्यारको ताजमहलमा
फन्को लाउदै,
पूजा गर्दै–
प्रेम र सहअस्तित्वको
सँसारमा रमाऊँ ।

सप्तरङ्गी
इन्द्रधनुषले जस्तै
आकाश र पृथ्वीलाई
साक्षी राखी
बादलको घुम्टोभित्र
सुटुक्क सूर्यसँग सहवास गरी
अर्को पृथ्वी जन्माऊँ,
समताको पृथ्वी,
स्वच्छताको पृथ्वी,
प्रकृतिको पृथ्वी ।

यो पुस्ताको उपलब्धि
जतनसाथ
सँग्राहलयमा भण्डारण गरी,
बिना नोक्सानी
मानिसले
जित हासिल गरेको
घोषणा सभामा,
समुद्र,मैदान र पहाडको
रङ्गीन पताका र तुलीभित्र,
विजयोत्सव मनाई
उन्मादिलो नाच नाँचू,
जसै
शङ्कर नाच्छन् ताण्डव नृत्य ।

बालकले कोर्दै गरेको
रङ्ग भर्दैगरेको,
फुलको आकृतिभित्र
पिकासोको कला,
दा भिन्चीको दृष्टि
प्रक्षेपण गर्दै,
रङ्गीन होइन साधा
सुनौलो सँसार रच्दै,
फरक
विल्कुल फरक
यात्रामा
एकीकृत ,लामबद्द हूँ ।

डमरु बघिनीको काखमा खेलेझैँ,
निर्भयले छहराझैँ
हामफाल्न ,
मृग सावकझैँ
बुर्कुसी मार्न ,
औषधि,
इन्जेक्सन ,
भ्याक्सिन देखिटाढा,
बिना भिटामिन हर्लक्क बढ्ने
ती जङ्गली जन्तुझैँ
सादगी हूँ,
अनि
आफ्नै पखेटाले
चराहरुले जस्तै धर्ती र पृथ्वीलाई
समन्वय गरूँ ।

शास्त्र ती पूर्व

पश्चिमका
सार अमृत
एकै घुट्कोमा घुटुक्क निली
हलुका हूँ,
अनि
आवश्यकतामा
निर्बाध मानवकल्याणमा लगाउन सकूँ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा