
समानता अनि समावेशिता त
परीक्षाकेन्द्रित आदर्श मात्र
भान पर्न थालेको छ
जहाँ,
समानता र समावेशिता उल्लेख नगरे,
अनुत्तीर्णको बिल्ला भिराईन्छ
दुनियाँ खोज्छ केवल
सैद्धान्तिकताभित्रको मात्र उत्तीर्ण,
उत्तीर्ण हुनकै निम्ति यहाँ,
विभेदले आक्रान्तनै भए पनि
सकरात्मक विश्लेषण
अनि
सुन्दर समाजको परिकल्पना मात्र गर्दै,
एउटा आख्यान लेख्नुपर्या छ
तर यथार्थमा,
विभेदै विभेद देख्नु पर्या छ।
प्रकृतिले त विना भेदभाव
उपलब्ध गराएको
प्राणरक्षक पानी
त्यै पानीकै निम्ति
धारा खण्ड खण्ड छ
पानी पानी नै हो तर,
कतै चल्छ,कतै अचल छ
सदियौंदेखिको विभेदले
आक्रान्त छ
आस्था त समान हो सबैको,
तर त्यही मन्दिर
कसैका निम्ति खुल्ला छ त
कसैका निम्ति
द्वारमै प्रवेश निषेध छ
सिपलाई पैसासँग दलाल गर्ने
दलालीहरुका
घरका कुनाहरुमा त्यही सिप
सजाएर
ढोकामै प्रवेश बन्द छ
कतै उच्च छ,कतै नीच छ
संसार कसैका निम्ति खुल्ला छ
कसैका निम्ति प्रत्येक कदमहरुमा
प्राणघातक जंजीर छ
तर
सिद्धान्त त सबैेका निम्ति समान छ
प्रयोगात्मक क्षणहरुमा,
पक्कै युग असफल छ
यहि असफलताभित्रबाटै भए पनि
सफलता लेख्नुपर्या छ,
तर यथार्थमा
विभेदै विभेद देख्नुपर्या छ ।
जन्म प्रणाली नै पृथक भए झैं,
जन्मदै उचनीचको विभेद
जातियताको विभेद
कस्लेरु,किनरु, र कहाँबाटरु
गरायो यो विभेदरु
कति शक्ति पायो र कोही ठूलोरु
कुन पापको प्रायश्चित गर्न कोही सानोरु
मूल्याङ्कनको कसी के होरु
अभिलेख कस्ले राखिदियोरु
कुन तराजुमा जोखियो मान्छेको तौलरु
ठूला भनाउँदाहरुको चैतन्य
साना पारिएकाहरुको आत्मबल,
प्राप्त होस्, युग परिवर्तन
ञमान्छे सबै समान हुन्झ
यो आदर्श त नजपे हुन्छ
हुन् त केवल
फोस्रो आदर्श,आडम्बर रवाफ
जुन विस्फोटमा परि तहसनहस हुन्छ
अब विस्फोट हुनुपुर्व नै,
प्रयोगशाला तयार गरि
कसैका चैतन्य खुलाउनुपर्छ,
कसैका आत्मबल बढ्नुपर्छ
यी दुईको संयोगमा
बन्ला पक्कै आदर्श युग
तबसम्मका लागि त
परीक्षाकेन्द्रित आदर्शहरु मात्र
उत्तीर्ण हुनका निम्ति मात्र
फोस्रो समानता
असमावेशी समावेशीता
मात्र लेख्नुपर्या छ,
तर यथार्थमा
विभेदै विभेद देख्नुपर्या छ।
सूर्योदय न.पा.७ गोगने, कन्याम-इलाम