हामी निमुखा जनता, भोकमा सिस्नु र खोले खाइन्छ
जतिसुकै शोषण गर,जसरीपनि तिम्रै गुणगान गाइन्छ
ए ! जनताको रगत पसिना चुसेर अरवपती बन्नेहरु हो
गणतन्त्र दिवसको शुभकामना पनि तिमीलाई चाइन्छ ।
नलेखिएको इतिहासको कुनैपनि छलफल हुँदैन
उतारचढाव मानव जीवन,यसमा समतल हुँदैन
सृजनाका ती बिरुवालाई जीवन दिन सक्नुपर्छ
बिरुवा त्यही सुकेर जान्छ,जसमा मलजल हुँदैन ।
कस्तो आपत,मन भक्कानिदा रून पाइएको छैन
आफैंलाई पखाल्छु भन्दा पनि धुन पाइएको छैन
शंका लाग्न थालिसक्यो तेश्रो बिश्वयुद्ध यहि हो कि
रोक लाग्यो ! आफ्नै सँग,नजिक हुन पाइएको छैन !
कोरोनाले सिकायो,अब माटो र जडिबुटी समाउनु पर्छ
शान्ति पश्चात् घर फर्केर,बारिमा बिरुवा जमाउनु पर्छ
गरे सबै हुन्छ ! हीरामोती सुनचाँदी आफ्नै भूमीमा खोजौँ
आफ्नै परिवार सँग घरमै काम गरेर,खुब रमाउनु पर्छ ।
असंख्य पिडा भोगेको छु,मलाई सानो चोट्ले छुँदैन
जतिसुकै ढाकेपनि लुगा फाटेपछी लुकाएर लुक्दैन
मान्छे झुम्छ नशाले, सबै नशामा शराब हुँदैन साहेब
निभ्छ दियो तेलको कमिले,सबै ठाउँ हावा दोषी हुँदैन ।