
२० जेठ, काठमाडौं । सोमबार साँझ जुवा खेली रहेको अबस्थामा अर्बपती ब्यापारीहरु पक्राउ परेका छन । राजधानीको कमलादी स्थित गगौंर बुटिक होटलमा चलाइएको जुवा खालमा छापा मार्दा रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइ पक्राउ परेका हुन ।
पक्राउ परेका व्यवसायी रामचन्द्र साँघाई त्रिवेणी ग्रुपका मालिक हुन भने, अशोक अग्रवाल विशाल ग्रुपका साहु हुन ।
अहिले कोरोना माहामारीक कारण मुलुक लकडाउनमा छ । लकडाउनमा अत्याबस्यक बाहेक व्यापार व्यवसाय ठप्प छ । तर पनि सरकारले ४२ प्रकारका उद्योगहरुलाई सन्चालन गर्न दिने निर्णय गरिरहेको अबस्थामा व्यवसायीहरु जुवाको खालबाट पक्राउ पर्नु सहस्यमय भएको जानकारहरुले बताएका छन ।