
२० जेठ, काठमाडौँ । भारतीय बलिउडका चर्चित संगितकार वाजिद खानको ४२ वर्षको उमेरमा आइतबार कोरोना भाइरस(कोभिड १९)का कारण निधन भयो ।
उनै वाजिदकी आमा रजिया खान पनि कोरोनाबाट संक्रमित रहेको भारतीय संचारमाध्यम खबर एनडिभिले बताएको छ । उनी हाल मुम्बईको चेम्बूरको सुराणा सेठिया अस्पतालमा उपचाररत छिन् । यो उही अस्पताल हो, जहाँ वाजिद खानको मृत्यु भएको थियो ।
केही संचारमाध्यमहरुले भने वाजिद खानकी आमा रजिया खान आफ्नो छोरा भन्दा पहिले नै कोविड १९ बाट संक्रमित थिइन् । पछि वाजिद कोरोनाभाइरसमा संक्रमित भएका थिए । वाजिद मिर्गाैला र घाँटी संक्रमणबाट ग्रस्त भए ।
एक व्यक्तिले अन्तर्वार्तामा यो कुरा खुलासा गरेका छन् की वाजिदकी आमा बिरामी वाजिद खानको हेरचाह गर्न अस्पतालमा बसेकी थिइन् । सो अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार भैरहेको थियो, उनी त्यहाँ उपचारत अन्य कोरोना बिरामीहरूको सम्पर्कमा आइन् र कोरोना संक्रमित भइन् ।
आमामार्फत नै मृगौला पीडित वाजिदलाई पनि कोरोना संक्रमण सरको हुन सक्ने अनुमान गरिएको छ ।
साजिद–वाजिद जोडी बलिउडमा धेरै प्रख्यात थियो ।