back

आज काठमाण्डौंका ४ स्वास्थ्यकर्मीसहित २८८ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

वि.सं.२०७७ जेठ २० मंगलवार

138 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

२० जेठ, काठमाण्डौं । नेपालमा आज एकैदिन २८८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।  पछिल्ला दिन नेपालमा कोरोना संक्रमतिको संख्या तिब्र रुपमा बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण भेटिएकामा धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण देखिएको छ । उनीहरु रौतहट पर्रोहा, गौर र यमुनामाइ र राजदेवी नगरपालिकाका ८ वर्षीया बालिका सहित १३ देखि ६० वर्षीय पुरुष रहेका छन् ।

जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु स्याङजा चापाकोटको क्वारेन्टाइनमा रहेका १० देखि ४० वर्ष सम्मका ५ पुरुष र पर्वतको फलेवास र महाशीलाको क्वारेन्टाइनमा रहेका १९ देखि ४० वर्षीय ५ जना पुरुष रहेका छन् ।
त्यसैगरी धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरी रामगढका २० वर्षीय पुरुष, भेरी अस्पतालमा गरिएको परीक्षणमा २० जनामा संक्रमण देखिएको छ । उनीहरु बर्दिया गुलरियाका २० देखि ३४ वर्षीय ३ जना पुरुष, बाँके खजुरा नपा, राप्ती सोनारी र नरैनापुर गा.पाका १७ देखि ४५ वर्षीय १७ जना पुरुष रहेका छन् ।

त्यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण देखिएको छ । विरेन्द्रनगर, लेकवेसी, पंचपुरी र भेरीगंगाका ८ वर्षीया बालिकासहित ३ महिला र ४ वर्षे बालक सहित ६१ वर्ष उमेर समुहका २४ पुरुष गरी २७ जना, दैलेख नारायणपुर नगरपालिका चामुन्डा नगरपालिका, विन्दासैनी र नौमुले गाउँपालिकका १७ देखि ३१ वर्षीय ९ जना पुरुष, सल्यान बनगार्ड कुपिण्डे र दार्मा गाउँपालिकका १७ देखि ५० वर्ष उमेरका १८ जना पुरुष, अछाम चैरपाटी र मंगलसेनका २७ र ३० वर्षीया २ महिला र २२ देखि ४० वर्ष उमेरका ७ पुरुष गरी १० जना रहेका छन् ।

हेटौडा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा बारा देवतालका १८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु दाङ बग्लाचुलीका नगरपालिका, राप्ती गाउँपालिका र घोराही उपमहानगरपालिकाका ११ देखि ४५ वर्षीया ३ महिला र १८ देखि ५५ वर्षीय १४ जना पुरुष रस्वर्गद्धारी प्युठानका ५९ वर्षीय पुरुष रहेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा१८ जनामा संक्रमण देखिएको छ । उनीहरु कन्चनपुर नगरपालिका पुर्नवासको क्वारेन्टाइनमा रहेका २८ देखि ५० वर्षका ८ जना पुरुष र कैलाली टिकापुर नगरपालिका र गौरीगंगा गाउँपालिका राजीवपुरको क्वारेन्न्टाइनमा रहेका १८ वर्षीया १ महिला र २० देखि ६३ वर्षीय ९ जना पुरुष रहेका छन् ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा गरिएको परीक्षणमा ११८ जनामा संक्रमण देखिएको छ ।
उनीहरुमा धनुषा हंसपुर धौगी गांगुलीका ५० देखि ५६ वर्ष उमेरका ६ जना पुरुष, महोत्तरी रामगोपालपुरका २४ र ४५ वर्षे पुरुष, रौतहट दुर्गा भगवती, राजपुर, फरदहवा र गढीमाई क्वारेन्टाइनमा रहेका ३६ जना रहेका छन् । उनीहरुमा १२ वर्षीय बालकदेखि ४८ वर्ष उमेर समुहका पुरुष रहेका छन् । सर्लाही बलरापुरी क्वरोन्टाइनमा रहेका १३ वर्षीय बालक देखि ४० वर्ष उमेर समुहका २१ जना पुरुष रहेका छन् ।

सिराहको श्री सुर्यनारायण, सत्य नारायण मरवैता क्याम्पस क्वारेन्टाइनमा रहेका १६ देखि ४२ वर्षीय १७ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भत्तपुर चाँगुनारायणकी ३० वर्षीया र धादिङ घर भई परोपकार प्रशुतिगृह थापाथलीमा उपचाररत २३ वर्षीया महिला, कपिलवस्तु चन्द्रौटाका १९ देखि २८ वर्षीया ३ महिला र १७ देखि ४१ वर्षका १३ जना पुरुष गरी १७ जना संक्रमित भेटिएका छन् ।
काठमाण्डौंको काठमाण्डौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु २४ देखि ३२ वर्षीया ३ महिला र २८ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै नवलपरासी पूर्व वुलिङटारका १६ वर्षीय पुरुष, पश्चिम रामग्रामका २२ वर्षे पुरुष र नुवाकोट मेघानका १७ र ३२ वर्षे पुरुष र रुपन्देही सैनामैनाका १५ देखि ५१ वर्षका १० पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका २८८ सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ । १९४९ पुरुष, १५० जना महिला रहेका छन् ।

वि.सं.२०७७ जेठ २० मंगलवार १७:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...