-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या २६६ पुग्यो



२० जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जसमा पछिल्लोपटक कोरोना संक्रमणबाट मुक्त भएकामा कपिलवस्तुका ९ जना रहेका छन् । उनीहरु १९ देखि २६ वर्षीय पुरुष रहेका छन् । ११ देखि २१ दिनको अस्पताल बसाईपछि उनीहरु आज डिस्चार्ज भएर घर फर्किएका हुन् ।

त्यस्तै शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी ५४ वर्षीया महिला १० औं दिनमा डिस्चार्ज भएकी छन् भने गुल्मी अस्पतालबाट ३१ वर्षीय पुरुष ८ दिनको अस्पताल बसाईपछि घर फर्किएका छन् ।

त्यसैगरी आज बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १८ जना डिस्चार्ज भएका हुन् । उनीहरुमा सुनसरीकी ५१ वर्षीया महिला जो १२ दिनमा डिस्चार्ज भएकी थिइन् । साथै झापाका १७ जना रहेका छन् । १७ देखि ५२ वर्ष उमेर समुहका रहेका उनीहरु १२ देखि १४ दिनसम्मको अस्पताल बसाईपछि निको भएर फर्किएका हुन् ।

त्यस्तै सोमबार बिहान भैरहवाको भिम अस्पतालबाट २५ जना निको भएर घर फर्किएका हुन् । उनीहरु १६ जना रुपन्देहीका ५ देखि ५० वर्षका रहेका छन् । जसमा ४ जना महिला र अन्य पुरुष रहेका छन् । ११ देखि २१ दिनसम्मको अस्पताल बसाईपछि कोरोना संक्रमणबाट मुक्त भएर उनीहरुघर फर्किएका हुन् । साथै कपिलवस्तुका १९ देखि ३६ वर्षीय पुरुष पनि संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

नेपालमा कोरोना संक्रमित २०९९ जनामध्ये हालसम्म २६६ जना निको भएर घर फर्किएका छन् । निको हुनेमा २१२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ