२० जेठ, कतार । कोरोना महामारीबाट प्रभावित भइ नेपाल फर्कन चाहाने कतारमा रहेका नेपालीका लागि नेपाली दूतावास कतारले अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
दूतावासले मंगलबार उक्त सूचना जारी गर्दै तथ्यांक संकलन फारम भरी आवस्यकता अनुरुपको विवरण÷ जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ ।
‘कोभिड १९ को विश्वव्यापी संक्रमणका कारणबाट उत्पन्न असहज परिस्थिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वेदश आउनै पर्ने अवस्थामा रहेका नेपालीको सम्बन्धमा देहाय बमोजिमका प्रावधानहरु उल्लेख रहेको र सोहि अनुसार विवरण उपलब्ध गराउन दूतावासले अनुरोध गरेको छ ।
नेपाल फर्कन जरुरी रहेकाहरुको वर्गिकरणमा परेका सुत्केरी तथा गर्भवती महिला, कोभिड १९ का कारण गम्भीर स्वास्थ्य समस्या भएका, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्नशीपमा रहेका समेत), आफन्तको मृत्यु भइ काजक्रियाका लागि नेपाल जानुपर्ने अवस्था, भिजिट भिषा वा विजनेश भिषामा रहेका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका (१३ मार्च २०२० वा सो भन्दा पहिला) तथा कतार आइडी समाप्त भएका वा आईडी नै नलागेका वा भिषा समाप्त भएका (१३ मार्च २०२० भन्दा पहिला) यी वर्गमा परेकाहरुले दूतावासले सूचनामा जारी गरेर अनुसारको कागजातलगायतका विवरण उपलब्ध गराउन पनि दूतावासले अनुरोध गरेको छ ।