Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सरकारको कर तिर्न ताकेता, शान्त तलाउमा ढुङ्गा, व्यवसायीहरुको कर नतिर्ने बाहाना



२० जेठ, काठमाडौं । सरकारले आज एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर तिर्न र सो अबधिमा कर नतिरे व्याज तथा जरिवाना लिने जानकारी गरायो । आन्तरिक राजश्व विभागले उक्त सूचना निकाले पछि व्यवसायीहरुमा खैलाबैला मच्चिएको छ । उद्योग बाणीज्य महासंघले त सरकारलाई कर नतिर्न भनेर पत्र नै पठाएको कुरा सार्बजनिक भयो । तर यो सरकारको शान्त तलाउमा ढुङ्गा व्यवसायीहरुलाई चाहिं कर नतिर्ने बाहाना भएको छ ।

“अर्थविद्हरुका अनुसार अहिले व्यवसायीले तिर्ने कर भनेको जनताबाट पहिले नै उठाएको कर सरकारलाई बुझाउने मात्र हो । जसले व्यवसाय गरेको छैन उसले कर तिर्नु पर्दैन ।

अर्थ विद्हरुका अनुसार अहिले जो जो व्यवसायीहरु कर नतिर्ने भनेर भनिरहेका उनीहरुले लकडाउनको अबधिको मजदुरलाई तलब पनि दिन नसकिने निर्णय गरेका छन । उनीहरु कलोबजारी गर्दा गर्दै पक्राउ परेका छन । जुवाको खालबाट पक्राउ परेका छन ।

के हो त कर विवाद ?

झट्ट हेर्दा लकडाउनको बेला सरकारले किन कर उठाउन लागेको भनेर आस्चार्य मान्न पनि सकिएला । तर कुरा त्यस्तो होईन । अर्थविद्हरुका अनुसार अहिले व्यवसायीले तिर्ने कर भनेको जनताबाट पहिले नै उठाएको कर सरकारलाई बुझाउने मात्र हो । जसले व्यवसाय गरेको छैन उसले कर तिर्नु पर्दैन । आन्तरिक राजश्व विभागले निकालेको सूचनामा मासिकको हकमा फागुन र चैत्र द्वैमासिकको हकमा माग र फागुन महिनाको र चौमासिकको हकमा मंसिरदेखि फागुनसम्मको मूल्य अभिबृद्धि कर तथा कर विवरण बुझाउन भनेको छ ।

त्यस्तै फागुन र चैत्र महिनाको अन्त शुल्क, फागुन र चैत्र महिनाको आय कर, फागुन र चैत्र महिनाकै शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दुर सञ्चार सेवा दस्तुर तिर्नको लागि सरकारले ताकेता गरेको छ ।

जेठ २५ सम्म कर तिरिसक्नु, नतिरे ब्याज र जरिवाना : आन्तरिक राजश्व बिभाग

करको विषयमा बिद्यावारिधी गरेको प्रा.डा. दिलनाथ दंगालका अनुसार जसले कारोबार गर्छ उसले कर तिर्ने हो । जसले कमाउँछ उसले आय कर तिर्ने हो । जसले उपभोग गर्छ उसले शुल्क तथा दस्तुर तिर्ने हो । बरु लकडाउन जरि नै रहेकाले सरकारले करदातालाई कर तिर्न जान पासको प्रबन्ध चाहिं गनु पर्छ ।

“अहिले सरकारले ताकेता गरेको कर तथा शुल्कहरु सम्बन्धित सरोकार वालाले जनताबाट पहिले नै अशुल गरिसकेका छन” प्रा.डा.दंगालले भने “सरकारले वैशाख महिना यताको कर तिर्न भनेकै छैन, यसकारण सरकारले ठिकै गरेको छ ।”

हुन पनि हाम्रोमा कर तिर्ने तरिका फरक छ । अघिल्लो महिनाको कर पछिल्लो महिनाको २५ गतेसम्म तिर्न पाईन्छ । मुल्य अभिबृद्धिकर तिर्नु पर्नेले गत चैत्रसम्म जति कारोबार गरेका थिए सबै जनताबाट असुलेकै थिए । त्यस्तै आयकर तिर्नु पर्नेहरुले पनि आम्दानी गरेकै थिए । शिक्षा सेवा शुल्क तिर्नु पर्नेहरुले पनि चैत्र महिनामा प्राय सबै असुल गरिसके कै थिए । दुरसञ्चार र इन्टरनेटको प्रयोग गर्नेहरुले अहिले पनि शुल्क तिरे कै छन । निःशुल्क कसैले पनि जनतालाई दिएका छैनन अनि फेरि व्यवसायीहरु किन कर नतिर्ने भन्छन भन्दै अर्थ विद्हरुले आश्चार्य प्रकट गरेका छन ।

हेर्नुहोस आन्तरिक राजश्व विभागले निकालेको सूचना

पक्राउ परेका अर्बपती जुवाडेलाई कस्तो कार्बाही होला ? यस्तो छ कानूनी व्यवस्था

जुवाखालबाट पक्राउ परेका व्यवसायीलाई ५ दिन हिरासतमा राख्न अनुमति

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला