back

व्यवसाय संचालन गर्न पाउनुपर्छ भन्दै व्यवसायीहरुको प्रदर्शन

वि.सं.२०७७ जेठ २१ बुधवार

126 

shares
NTC AD
Global IME AD

२१ जेठ, काठमाडौं । काठमाडौंको मैतिदेवी क्षेत्रका व्यवसायीहरुले बुधबार बिहान व्यवसाय संचालन गर्न पउनुपर्छ भन्दै प्रदर्शन गरेका छन । बिहान ८.३० बजेको समयमा मैतिदेवी चोक आसपासका व्यवसायी सडकमा निस्किएका थिए ।

व्यवसायीहरुको एउटा समूह आफ्नो व्यवसायको सटर खोल्न थालेपछि प्रहरीले बन्द गराएको थियो । व्यवसायीहरुले सरकारले जेठ २५ गतेसम्म तिर्न भनेको करको पनि विरोध गरेका थिए । सरकारले लकडाउनलाई जेठ महिनाभरी जारी राख्ने निर्णय गरेपछि  लकडाउनको मोडल परिवर्तन गर्नु पर्ने भन्दै आवज उठ्न थालेको परिपेक्षमा राजधानीमा यस्ता गतिबिधिहरु बढ्न थालेका छन ।

मंगलबार सरकारले चैत्र महिनासम्मको कर दाखिला गर्न सर्बजनिक सूचना मार्फत ताकेता गरेको थियो । सरकारको सूचान लगत्तै व्यवसायसंग संबद्ध संघसंस्थाहरु बिरोधमा उत्रिन थालेका थिए ।

मंगलबार मात्र राजधानीको बौद्ध लगायतका क्षेत्रहरुमा पनि व्यवसायीहरुले प्रदर्शन गरेका थिए भने नेपाल उद्योग वाणीज्य महासंघले सरकारलाई कर नतिर्ने भन्दै पत्राचार समेत गरेको समाचार सार्बजनिक भएको थियो ।

वि.सं.२०७७ जेठ २१ बुधवार ०९:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

  चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई...

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको...