-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु



२१ जेठ, डंडेलधुरा । डंडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका १ मा असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान भारतबाट ४ दिन अघि आएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए ।

राति ११.३० बजेतिर शौचालय गएकी महिला एक्कासी बेहोस भएकी थिइन्, विष्टका अनुसार उनलाई उपचारका लागि एम्बुलेन्स पुगेपनि अस्पताल पु¥याउन पाइएन ।

राती ट्वाइलेटबाट निस्केर सिंढी उक्लने क्रममा मुटु दुखेर थचक्क बसेपछि उनलाई श्रीमानले कोठासम्म पु¥याएको र कोठामा पुगेपछि बेहोस भएकी उनको १ बजे तिर नै मृत्यु भएको खबर पाएको गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए ।

स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगको छ । स्वास्थ्य कार्यालयका प्रमुख आसुतोष श्रेष्ठले स्बाब संकलन गरिने जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली