
हरेक कुरा जतनका साथ प्रयोग गर्यो भने त्यसले राम्रै प्रतिफल दिन्छ । तर, वस्तुको प्रकार र अवस्था नबुझि जथाभावि प्रयोग गर्दा त्यसले ठूला दुर्घटना पनि निम्त्याउन सक्छन् । त्यसकारण हरेक वस्तुहरुको प्रयोग गर्दा त्यसको अवस्था अनुसार ध्यान दिएर प्रयोग गरौं ।
हामीले दिनहुँ खाना पकाउन, गिजर, हिटर लगायतमा प्रयोग गर्ने त्यस्तै एक वस्तु हो ग्यास । ग्यास अत्यन्तै प्रज्वनशील पेट्रोलियम पर्दाथ भएकाले त्यसको प्रयोगमा अत्यन्तै सर्तकता अपनाउन जरुरी छ ।
आउनुहोस् जानौं यी हुन् ख्याल गर्नुपर्ने कुराहरु
१-सिलिण्डर ल्याउँदा\लैजाँदा नगुडाऔं । भान्सामा सिलिन्डर सधैं ठाडो अवस्थामा राखेर प्रयोग गरौं । सुताएर÷घोप्टाएर प्रयोग नगरौं ।
२ -रेगुलेटर, पाइप, चुलोजस्ता उपकरणहरु गुणस्तर भएको मात्र प्रयोग गरौं । साथै हरेक २ वर्षमा ग्यासको पाइप फेरौं ।
३ -काम सकिएपछि रेगुलेटर बन्द गर्न नर्बिसौं ।
४-खाना पकाउँदा झ्याल ढोका खुल्ला राखौं र सुतीको कपडा लगाएर मात्र खाना पकाउने गरौं ।
ग्यास चुहावट भएमा ध्यान दिनुपर्ने कुराहरु
१-खाना पकाउने स्थानमा एलपि ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्यास चुहिएको भन्ने बुझ्नुपर्छ । ग्यास लिक भएमा पहिले रेगुलेटरको र पछि चुल्होको नव बन्द गरौं ।
२-झ्याल, ढोका खुल्ला राखौं र झिल्का निस्कने वस्तुहरु जस्तै ग्यास चुल्हो, सलाई, लाइटर, धुप आदि नबालौं । विद्युत्जन्य उपकरणको प्रयोग नगरौं ।
३-ग्यास लिक भएमा रेगुटरलाई सिलिन्डरबाट छुटाई सिलिण्डरमा सेफ्टी क्याप लगाई बाहिर खुल्ला स्थानमा राखौं र यथाशिघ्र नजिकको ग्यास विक्रेता अथवा ग्यास उद्योगमा सम्पर्क गरौं ।