
२१ जेठ, काठमाडौं । कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट मंगलबार पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तका मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका प्रवत्ताका अनुसार गुलामको पाकिस्तानको राजधानी कराँचीको एक अस्पतालमा मृत्यु भएको हो ।
मे १४ मा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि मे २३ मा कराँचीको एक नीजि अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो ।
यसैगरी सिन्ध प्रान्तका राष्ट्रियसभाका सभामुख, गर्भनरका साथै कतिपय अन्य राजनैतिक व्यक्तित्व, विधायक, मन्त्रीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ पाइएको सिन्हवा समाचार संस्थाले बताएको छ ।
यसअघि मंगलबार बिहानै पाकिस्तानमा एक बरिष्ठ विधायकको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।