
२१ जेठ, काठमाण्डौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड– १९ नेपालमा पनि तिब्र गतिमा फैलिरहेका छ ।
नेपालमा यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले हालै १ लाख सुरक्षाकर्मी परिचालन गरेको छ ।
जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी १ लाख सुरक्षाकर्मी परिचालन गरेको हो ।
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार अहिले नेपाल प्रहरीका ४६ हजार ८ सय जनशक्ति खटाइएको छ भने त्यसको व्याक सर्पोटमा रहने गरी ९ हजार २ सय प्रहरी परिचालन भएका छन् ।
त्यस्तै सशस्त्र प्रहरी तर्फबाट देशैभरी ३१ हजार ५ सय परिचालन गरिएको छ । त्यसमा २२ हजार भन्दा बढी जनशक्ति सीमा व्यवस्थापनका लागि खटिएका छन् भने नेपाली सेनाका ७ हजार ६३०, क्वारेन्टिन सरक्षामा सेनातर्फबाट १,३३८, आइसोलेस सुरक्षा, हेल्थ डेस्क र रेस्पोन्स टिममा पनि सेनाका जनशक्ति खटिएका छन् भने स्वास्थ्य क्षेत्रमा सेनाका २,२९० जना डाक्टर सहितको टोली परिचालन गरिएको छ । साथै सडक पेट्रोलिङका लागि समेत ८२५ जना खटिएका छन् ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट १,९९७ र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सडकदेखि सीमा सम्म ५६ हजार प्रहरीतर्फका सुरक्षाकर्मी खटिएका छन् ।