-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७८ पुग्यो, सुरक्षाकर्मी र विद्यार्थीमा पनि पोजेटिभ



२१ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार चार महिने शिशुसहित थप १६ नयाँ सङ्क्रमित पहिचान भएका हुन् ।

महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश÷अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका सात, कालीकोटका सात र सल्यानका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कालिकोटका चार महिने शिशुमा पनि कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै दैलेख दुल्लुका एक सङ्क्रमितको मृत्यु भइसकेको छ ।

जुम्लामा दुई सुरक्षाकर्मी र सुर्खेतमा स्थानीय विद्यार्थीलाई समेत कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा सङ्क्रमण फैलिन पुगेको छ । स्वास्थ्यकर्मीका अनुसार उनीहरुको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा अन्य सम्भावित सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस