Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आज एक स्वास्थ्यकर्मीसहित चारजना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए



२१ जेठ, रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ ।

कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिएका छन् ।

निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् । उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा थापाले बताए । यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा