-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

आज १२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २७८ पुग्यो



२१ जेठ, काठमाण्डौं । आज कोरोना संक्रमणबाट मुक्त भएर १२ जना घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित पत्रकार सम्मेलनमा दिएको जनकारी अनुसार जनकपुर अस्पतालमा उपचार गराइरहेका ५ जना संक्रमणबाट मुक्त भएका हुन् ।

११ देखि १६ दिनको उपचारपछि निको भएक उनीहरुमा २० वर्षीया महिला र १९ देखि ४० वर्षीय पुरुष् छन् । उनीहरु धनुषा, महोत्तरी र सर्लाहीका हुन् ।

त्यस्तै टेकु अस्पतालाट काठमाण्डौंका ६९ वर्षीय पुरुष जो नौ दिनमा संक्रमण मुक्त भएका हुन् भने, बलम्बु युनिफाइड कोभिड अस्पतालबाट रौतहटका ३४ वर्षीइ पुरुष १५ दिनमा संक्रमण मुक्त भएका हुन् । साथै शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ६ वर्षीया बालिका पनि १९ दिनमा संक्रमण मुक्त भएकी छन् ।

त्यस्तै बुटवल अस्पतालमा उपचाररत ६ जना पनि संक्रमण मुक्त भएका छन् । अर्घाखाँची र कपिलवस्तुका १८ देखि २४ वर्ष उमेरका पुरुषहरु १० देखि २५ दिनमा संक्रमण मुक्त भएका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने २७८ जना पुगेका छन् । जसमा २२४ जना पुरुष र ५६ जना महिला रहेका छन् ।

कुन प्रदेशमा कति निको भए त ?

हालसम्म ७ प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २७८ जना कोरोनालाई जितेर घर फर्किएका छन् । आजमात्रै विभिन्न अस्पतालमा उपचाररत १२ जना संक्रमणबाट मुक्त भएका हुन् ।

जसमा प्रदेश १ मा ४८ जना, प्रदेश २ का १०९ जना, बाग्मती प्रदेशका ३१ जना, गण्डकी प्रदेशका ३ जना, प्रदेश नं ५ का ८० जना र सुदूरपश्चिम प्रदेशका ७ जना रहेका छन् ।

file photo


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा