Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै फेदीखोलामा श्रद्धाञ्जली सभा



२२ जेठ । फेदीखोला दलित एकता समाज फेदीखोला स्याङ्जाले दिपप्रज्वलनसहित श्रद्धाञ्जली सभा गर्दै रुकुम घटनाका दोषीहरुलाई हदैसम्मको कारबाही माग गरेको छ ।

श्रद्धाञ्जली कार्यक्रममा श्रद्धाञ्जली दिदै सामाजिक अभियन्त्ता बिनोद सुनामले रुकुम घटनालाई मानवताविरोधी अपराधको संज्ञा दिंर्दै रुकुम घटनाको निष्पक्ष छानबिन गरी त्यसका अपराधीहरूलाई विद्यमान कानुनकै मातहत पनि हदैसम्मको कार्वाही र दण्डको व्यवस्थाका लागि राज्यसँग जोडदार माग गरेका छन् । उनले राज्यले छुवाछूत र जातीय विभेद मुक्त गरे पनि व्यवहारमा लागू नहुँदा रुकुम हत्या कान्ड घट्न गएको भन्दै प्रेम गरेकै आरोपमा अपमानि त हुनुपर्ने, ज्यानै लिने सम्मका घटनाहरु हाम्रो देश र समाजमा घट्नु दु:खद् भएको भन्दै त्यस्ता घटनाहरुको जति बिरोध गरे पनि कम हुने भन्दै आमूल परिवर्तनको लागि सम्पुर्ण प्रगतिशील बुद्धिजीवीहरु एक भएर अगि बढ्नु पर्ने पनि बताए।

फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुबेदीले स्थानीय सरकार ब्यबहारिक रुपमै छुवाछूत उन्मुलनमा प्रतिबद्ध रहेको भन्दै सरकारले छिट्टै छानबिन गरेर दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग गरे । सानै देखि जातीय विभेद र छुवाछूतको बिरोध गर्दै राजनीतिमा प्रवेश गरेको भन्दै गाउँपालिका प्रमुख सुवेदीले जनस्तरमै छुवाछूत र विभेद उन्मुलनको लागि पालिका स्तरीय विविध रचनात्मक कार्यक्रम गरिने पनि बताए ।

श्रद्धाञ्जली कार्यक्रममा बोल्दै वामबुद्धिजीवी लक्ष्मी प्रसाद बरालले जातीय विभेदविरोधी चेतना राख्ने सबै तह र तप्काका नागरिकहरूले एक स्वरमा सामाजिक रुपान्तरण लागि राज्यमाथि चौतर्फी दबाव सिर्जना गर्न आह्वान गरे ।

दीपप्रजलन तथा श्रद्धाञ्जली कार्यक्रमा, समाजसेवी विश्वबन्दु पौडेल, वडा सदस्य असु वि.क, राजनीति कर्मी डिबी मिजारले पनि सामाजिक परिवर्तनको लागि आफ्नो भनाई राखेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा