
२२ जेठ, काठमाडौं । अभिनेत्री मनीषा कोइराला मुम्बईबाट नेपाल फर्किनासाथ क्वारेन्टाइनमा बसेकी छन् ।
रुपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेकी अभिनेत्री कोइराला हाल काठमाण्डौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छन् । उनीसँगै उनका आमाबाबु पनि क्वारेन्टिनमा रहेको बताइएको छ ।
आमाबुवासँगै मुम्बईबाट गोरखपुर एयपोर्टमा उत्रिएकाी अभिनेत्री कोइराला बेलहिया नाकामा ज्वरो नापेपछि नेपाल प्रवेश गरेकी थिइन् । उनलाई नेपाली सेनाले स्कर्टिङ गरेर राजधानी ल्याएको थियो ।
आमा बुवासँगै नेपाल आएकी अभिनेत्री कोइराला १४ दिनको क्वारेन्टाइन बसाईपछि मात्रै घर जना पाउने छिन् ।
सरकारले लिम्पीयाधुरा, कालापानी र लिपुलेक सहितको नयाँ नक्सा सार्वजनिक गरेपछि उनले त्यसको स्वागत गर्दै नेपाल, भारत र चीन (तीन तीन राष्ट्र ) बसेर सौहार्दपूर्ण रुपमा छलफल होस् भन्ने अभिव्यक्ति ट्विट गरेकी उक्त ट्विटलाई लिएर अभिनेत्री मनीषालाई भारतीय संचारमाध्यमले भारतको खाएर चीनको गीत गाएको आरोप लगाउँदै आक्रोश पोखेका थिए भने नेपालमा उनको यस्तो अभिव्यक्तिलाई सबैले सर्मथन गर्दै उनको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।