back
CTIZAN AD

एउटा गन्थन  मेरो सरकारसँग

वि.सं.२०७७ जेठ २२ बिहीवार

765 

shares

एउटा गन्थन  मेरो सरकार
हाम्रो सरकार
हामी सबैको सरकार
जनमुखी र जनप्रिय सरकार
सरकार जे भन्छ म त्यही मान्छु
सरकारी पार्टी जे भन्छ त्यही मान्छु
सरकारी नेता जे भन्छन् म त्यही मान्छु
उनका आफन्त नाता गोता जे भन्छन्
म त्यही मान्छु
किन कि म कार्यकर्ता हुँ
अझै भनौ सेवक हुँ
सेवकले प्रश्न गर्दैन
गर्न पनि हुँदैन
प्रश्न नगर्नु नै मेरो धर्म हो
मैले हजुरको शासन माथि
शासन शैली माथि
गल्तिले प्रश्न उठाए भने
दस औंला जोडी बिन्ती गर्छु
हजुरको पाउमा दण्डवत गर्छु
मलाई माफि बक्सियोस्

हजुरको र मेरो एउटै पार्टी
हजुर मेरो नेता
बेला बेला प्रशिक्षण लिएको छु
पार्टीको बिधी र प्रकृया बुजेको छु
आखिर यही त हो हजुरबाट पाएको !
पार्टी र संगठनलाई लेबी पनि तिरेको छु
पार्टिको खै के मा हो कता हो
मलाई पनि रखिएको छ रे
तर यो पार्टी मेरो हैन
हजुरको हो
हजुरको हुनु आखिर मेरै त हो
म पर्टिको निती अनुसार हैन
हजुरको आदेशले चल्ने हो
त्यो पार्टी आँफै चल्ने हैन क्यारे
चलाऊने हजुरले नै हो
अनी त हजुर नै पार्टी
हजुर नै नेता
हजुर नै मेरो भाग्य बिधाता
म त हजुरको सेबक हुँ

म केही बोल्दिन
केही भन्दिन
जती सुकै दिन लकडाउन भए पनि
मेरो घर परिवारले सामान्य उपचार नपाए पनि
कोरोना भन्नेले समाए पनि
केही भन्दिन
खान नपाए पनि नुन पानी तताएर पिएको छु
नुन पनि सकिएर पैचो गरी ल्याएको छु ।
खाना माग्ने श्रीमती छोरा छोरीलाई हप्काएको छु
सरकारको आदेश सुनाएको छु ।
अस्ती मेरो आफन्त कोरोनाले मर्दा
मृत्युपछि कोरोना पुष्टि हुँदा
मैले उनिहरुकै गल्ती देखाए
तर पनि मैले हजुरलाई प्रश्न गरेको छैन

भारी बोकेर
कहिले ठेला धकेलेर
पैसाको मुख नदेखेको महिनौ भयो
मन खुशी हुने गरी सामल नकिनेको पनि त्यती नै भयो
परिवारलाई पेट भरी नख्वाएको पनि त्यती नै हुन लाग्यो
राहत मेरो भागमा कहिलै आएन
मैले आश गरेको पनि छैन
नपाएकोमा गुनासो गरेको पनि छैन
गुनासो गर्ने ठाउँ पनि त छैन
हजुर सँग सुन्ने फुर्सद छैन
अन्त जाउ हजुरको हुने छैन
जादै जान्न
अह म कही जान्न
हजुर कै शरणमा छु
किन कि म हजुरको सेबक हुँ
२०७७/२/२२

वि.सं.२०७७ जेठ २२ बिहीवार १८:३५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...