
२३ जेठ, काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
हिजो मात्र करिब १० हजार नयाँ कोरोना भाइरसका संक्रमितहरु थपिएका छन । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ७ सय १३ पुगेको छ भने संक्रमणबाट ६ हजार ३ सय ६३ को मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ८९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय ७५ जनाको मृत्यु भएको ।
विश्वभरमा कोरोना संक्रमित संख्या ६६ लाख ९७ हजार ७ सय ६३ पुगेको छ भने ३ लाख ९३ हजार १ सय २७ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।