Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तकहरु



मुक्तक १

मेरो देशको सिमानामा बैरीको पाईला पर्यो भने
मेरो देशको स्वाभिमानमा शत्रुले आँखा तर्यो भने
सिरुपाते खुकुरीले च्वाट्ट गर्धन छिनाली दिने छु,
यो देशलाई विभाजन गर्ने काम कसैले गर्यो भने ।

मुक्तक २

जिन्दगी यो चलखेल रैछ खेल्नेले छलेर गएछ्न्
जसले कहिल्यै जितेन ऊनीहरु बलेर गएछ्न्
मौसम जस्तै रैछ समय हैसियत नभएकालाई,
घडी बनेको थियो फाईदा उठाई चलेर गएछ्न् ।

मुक्तक ३

कहाँ छ्न वीर गोर्खाली,वीरता पुनः चाहिएको छ
तयार हुनु देशको लागि तातो खून चाहिएको छ
हाम्रो राष्ट्रियता माथी पराईले धावा बोल्दै छ रे,
त्यसलाई परास्त गर्न लाखौं अर्जुन चाहिएको छ ।

मुक्तक ४

भागबण्डा लगाई देउ, मेरो भागमा डर कति पर्छ ?
बालबच्चाको लागि कापीकलम किन्न, सर कति पर्छ ?
अभावै अभाव, हिजो देखि घरमा चुल्हो बलेको छैन,
सरकार आत्महत्या गरेर मर्न मृत्यु कर कति पर्छ ?

मुक्तक ५

तिम्रो मेरो सम्बन्धमा आगो लाए लाउन्
जोरिपारी जम्मा गरि गीत गाए गाउन्
तिम्रो हाम्रो माया नचुडिने डोरि बनोस्,
ईर्श्या गर्ने ईश्र्यालुले खुशी पाए पाउन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला