back

पाँच सयको बाजी जित्न मस्र्याङ्दीमा हेलिएका घिमिरे बेपत्ता

वि.सं.२०७३ पुस ११ सोमवार

336 

shares
NTC AD

११ पुस, बेँसीसहर (लमजुङ) । पौडिएर मस्र्याङ्दी तर्ने क्रममा आइतबार एकजना बेपत्ता भएका छन् । लमजुङ जिल्ला बेँसीसहर नगरपालिका–७ का ४० वर्षीय राजु घिमिरे नदी पार गर्नेक्रममा आइतबार बेपत्ता भएका हुन् ।

आइतबार बिहान १० बजे स्थानीय पद्म घिमिरे र राजु घिमिरेबीच पौडिएर नदी पार गर्ने विषयमा बाजी परेको थियो । उनीहरूबीच यदि नदी पार गर्नेले रु ५०० बाजी मार्ने र नदी पार गर्न नसक्नेले रु ५०० दिने गरी बाजी परेको बुझिएको छ ।

बाजीबमोजिम राजु मस्र्याङ्दीमा पौडिन होमिएका थिए । नदीको बीचसम्म पौडिएका घिमिरे त्यसपछि पौडिन नसकेपछि मस्र्याङ्दीले बगाएको हो । राजु नदी पार गर्न नसकी बेपत्ता भएपछि उनका साथी पद्म घिमिरेले प्रहरीलाई राजु नदीमा बेपत्ता भएको जानकारी गराएका थिए ।

बेपत्ता घिमिरेको खोजी कार्य भइरहेको र हालसम्म कुनै पत्तो नलागेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा पनि उनीहरू आज बिहानैदेखि मदिरा सेवन गरी बसेको र नदी पार गर्ने विषयमा दुईजनाबीच बाजी पनि परेको बुझिएको प्रहरीले जनाएको छ । घिमिरे स्थानीय शिक्षकसमेत हुन् ।

वि.सं.२०७३ पुस ११ सोमवार ०३:१२ मा प्रकाशित

ADBL AD
मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो

मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो

काठमाडौँ । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्काेट–घुर्मीखण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ...

चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध...

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी...

विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

काठमाडौँ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा...

पहिरोको लेदोमा हरायो वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना

पहिरोको लेदोमा हरायो वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना

बरहथवा(सर्लाही) । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरोमा...

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी...