-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः बाबाको महिमा



बाबा आकाश हुन्
छादन् हुन्
बार हुन्
अनि
निर्धक्क रम्न पाउने घर हुन्।
बाबा थिए र त घर थियो
भर थियो
संस्कार र संस्कृति थियो ।
बाबा थिए डर थिएन
गरिबी थियो ,अभाव थिएन
ती दिन !
मात्र सम्झनामा कैद भए
हो बाबा !
सानो झुपडी भित्र
मायाको ठुलो भान्सा थियो
आफ्नो हात पुग्न नभ्याउँदै
कहिले आमाको त कहिले
बाबाको हात मुखमा पुग्थे
त्यो दिन…..आहा ! …..त्यो दिन…
आज बाबाले जोतेको बारी बाँझै छ
हलो जुवा धमिरा लागेका छन्
डोको नाम्लो खुर्पा खुर्पेटो बेपत्ता।
लिपिएका घरका भित्ता चर्किएका छन्
जसरी भूकम्पिय धक्काले धर्ती चर्कन्छ।
धर्ती मात्र हैन बाबा !
आज मेरो छाती त्यसैगरी चर्कियो
जब:
जन्मेको घर र खेलेको आँगन टेक्न पुगेँ।
त्यो खण्डहर मन्दिर
मात्र आभास थियो
विना आवाज !
हिलाले खाएका खुट्टा
ठेला उठेका हात,
कतिबार पानी पिएर
कसेको पटुकी याद आयो ।
म डोरिँदा
काँधमा बसेका दाइ र भाइ याद आयो
आज तिम्रो नासो
तिम्रो धरोहर
चटक्कै छोडेर मुग्लान पसिदिँदा
मैले तिज मनाउने ठाउँ पाइन बाबा !
त्यसैले भन्दै छु,
तिमी थियौ ,संसार थियोे
हो बाबा !
संसार थियो ।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा